१ आश्विन २०८३, बिहिबार | September 17, 2026

राष्ट्रिय महिला बिच भलिबलको उपाधि पुलिस क्लबलाई



पाल्पा । तानसेनमा सञ्चालित सञ्जय स्मृति राष्ट्रिय महिला बिच भालिबलको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । फाइनल खेलमा नेपाल पुलिसले लुम्बिनी प्रदेशलाई २–० को सोझो सेटमा पराजित गरी उपाधि जितेको हो ।

पुलिसले लुम्बिनीलाई २१–८ र २१–१७ ले पराजित ग¥यो । नेपाल पुलिसकी कमला पुन र मनिषा चौधरीले लुम्बिनी प्रदेशकी भावना डाँगी र सरस्वती कट्टेलको जोडीलाई पराजित गरेको हो । उपाधिसँगै पुलिसले रु एक लाख र उपविजेता लुम्बिनीले रु ५० हजार नगद प्राप्त गरेका छन् । सञ्जय स्मृति प्रतिष्ठानले आयोजना गरेको प्रतियोगितामा दुई विभागीय टोली पुलिस, एपिएफ र सात प्रदेशका टोली सहभागी थिए ।

प्रतियोगिताको समापनका अवसरमा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा चिरञ्जीवी नेपालले रानीमहल महिला बिच भलिबलको गन्तव्यका रूपमा विकास गरिनुपर्ने बताए। नेपालले भने, “रानीमहल परिसरलाई महिला बिच भलिबलका रूपमा विकास गरी पर्यटन प्रर्वद्धन गर्न आवश्यक छ ।”

सो अवसरमा पूर्वगभर्नर नेपाल, सञ्जय स्मृति प्रतिष्ठानकी अध्यक्ष निरोज मास्के, नायक धिरेन शाक्यलगायतले जिल्लाका दुई राष्ट्रिय खेलाडीलाई सम्मान गरेका थिए ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  १० : ४९ बजे

शेखर कोइराला मध्यमार्गी धारमै रहने, दुवै महाधिवेशनमा सहभागी नहुने घोषणा

काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइराला मध्यमार्गी धारमै

पुस्तान्तरणको प्रतीक्षामा पाल्पाको लाखे नाच

पाल्पा । दुईदशकअघिसम्म ‘लाखेजात्रा’ भन्नेबित्तिकै गाउँगाउँबाट मानिस तानसेन आउँथे ।

संस्थापन कांग्रेस बैठकमा निवर्तमान पदाधिकारी तथा सदस्यहरू सहभागी हुने

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित वर्तमान केन्द्रीय कार्यसमितिमा

तीन लाखमुनि ओर्लियो सुनको मूल्य, यस्तो छ आजको मूल्य

काठमाडौं । नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको

प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा होटल पौवाको ११ लाख सहयोग

चितवन । होटल पौवाले देशमा परेको विपद्का कारण प्रभावित नागरिकको