२४ मंसिर २०८२, बुधबार | December 10, 2025

बेरुजु फर्छ्यौट प्रगतिमा नेपाल प्रहरी सर्वोत्कृष्ट



काठमाडौं । गृह मन्त्रालय र अन्तर्गतका निकायमध्ये बेरुजु फर्छ्‍यौट मापनको वर्गीकरणमा आर्थिक वर्ष २०७६/०७७ सम्मको कूल बेरुजुमध्ये ८९.३५ प्रतिशत फर्छ्‍यौट गराई बेरुजु फर्छ्‍यौट प्रगतिमा नेपाल प्रहरी सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएको छ ।

गृह मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाणले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई नेपाल प्रहरीले बेरुजु फर्छ्यौटमा सर्वोत्कृष्ट स्थान हासिल गरेकोले नगद १० हजार रुपैयाँ पुरस्कार सहित प्रंशासापत्र प्रदान गरे ।

प्रहरी प्रधान कार्यालय र अन्तर्गतका कार्यालयको आर्थिक वर्ष २०७६/०७७ सम्मको कूल बेरुजु रकममध्ये ८९.३५ प्रतिशत फर्छ्‍यौट गरी बेरुजु फछर्यौट मुल्याङ्कन तथा अनुगमन समितिको सिफारिस बमोजिम नेपाल सरकार मन्त्रीस्तर को निर्णय अनुसार बेरुजु फर्छ्‍यौटको प्रगतिमा नेपाल प्रहरी सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएको हो ।

बेरुजु फर्छ्‍यौट मापनको वर्गीकरणमा विगत ४ आ.व. देखी निरन्तररुपमा नेपाल प्रहरी सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल हुँदै आएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ९ : ३२ बजे

कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव

काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा

कांग्रेस बाँकेबाट सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

नेपालगन्ज । नेपाली कांग्रेसले बाँकेबाट आगामी फागुन २१ गते हुने

सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति (पूर्णपाठ)

काठमाडौँ । नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति

वहुविवाह आरोपमा डीएसपी मधु नेपाल पक्राउ

बुटवल । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपार्ल

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर