१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

सनराइज प्रधानमन्त्री कप राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता : प्रियान्शुको विजयी सुरुआत



काठमाडौं । प्रियान्शुसिंह क्षेत्रीले योनेक्स सनराइज प्रधानमन्त्री कप राष्ट्रिय खुला ¥याङकिङ ब्याडमिन्टन प्रतियोगिताको यु–१९ पुरुष सिंगल्समा सोमबार विजयी सुरुआत गरेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा प्रियान्शुले अदिश कार्कीलाई २१–१२ र २१–१६ को सोझो सेटमा पराजित गरे । सोही स्पर्धामा हिमाल चन्दले रिसभ राईलाई २१–४ र २१–९, अनिल मल्लले दिपन गायकलाई २१–१३ र २१–१३, राज बर्माले सुमित ठोकरलाई २१–१५ र २१–४, सन्तोष पनेरुले सुनिल कार्कीलाई २६–२४ र २१–१०, रोहित बरालले दिपम वज्राचार्यलाई २१–११ र २१–१९, साहिल चन्दले आरुष सिम्खडालाई २१–६ र २१–१०, ऋषिकेश राईले प्रकाश अधिकारीलाई २१–१५ र २१–१८ तथा निखिल भट्टले स्वयं मानन्धरलाई २१–१६ र २१–१२ को सेटमा हराए ।

विजेता सबै प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् । त्यसै स्पर्धामा निर वज्राचार्यले प्रकाश सिंह तथा निशान कटुवालले विवेक चौधरीबाट वाक ओभर पाउदै प्रिक्वाटरफाइनलमा पुगे ।

हरिलाल धर्मदेवी स्मृति प्रतिष्ठान र अपी स्पोर्ट्स म्यानेजमेन्ट प्रा.लि. द्वारा संयुक्त आयोजित प्रतियोगिताको पुरुष सिंगल्समा दीपेश धामीले दीपेन्द्र कार्कीलाई २१–६ र २१–१०, जीवन आचार्यले बविश थापालाई २१–४ र २१–७, प्रवीण लिङथेबले दिपम वज्राचार्यलाई २१–११ र २१–८, विष्णु कटुवालले सुमन लिम्बूलाई २१–८ र २१–१५ तथा नवीन श्रेष्ठले देवराज राणालाई २१–८ र २१–१५ को सोझो सेटमा पाखा लगाउदै प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरे । रोशन साउदले हीरा राई तथा पूर्णबहादुर थापाले राम त्रिपाठीबाट वाकओभर पाउदै प्रिक्वाटरफाइनलमा पुग्न सफल भए ।

प्रतियोगिताको संघीय सांसद समेत रहेका नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगितामा १ सय ७२ खेलाडीको सहभागिता रहेको नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष एवं प्रतियोगिता निर्देशक सुभाष श्रेष्ठले जनाएका छन् । विभिन्न ७ स्पर्धा समावेश प्रतियोगिताको पुरुष÷महिला सिंगल्स विजेताले १ लाख १५ हजार, उपविजेताले ५५ हजार र तेश्रोले १५÷१५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । बाँकी सबै स्पर्धामा पनि नगद पुरस्कार राखिएको छ । प्रतियोगिता बैशाख १ गते सम्पन्न हुने छ ।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  ७ : ३३ बजे

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा केही गिरावट भएको

नेटवर्क नक्शामा पुरै जम्मुकाश्मिरलाई पाकिस्तानमा राखेपछि वायुसेवा निगमले माग्यो माफी

काठमाडौं। नेपाल वायुसेवा निगमले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको नेटवर्क नक्सामा

अमेरिकी विशेष दूत सर्जियो गोर आज काठमाडौं आउँदै

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाका

झापामा हात्तीको आक्रमणबाट दुई जना घाइते

भद्रपुर । मेचीनगर नगरपालिका-४ बाहुनडाँगी चोक नजिक हात्तीको आक्रमणबाट आमाछोरी

करेन्ट लागेर महिलाको मृत्यु

कैलाली । धनगढी उपमहानगरपालिका-३ विशालनगरकी ३० वर्षीया नन्दकला विकको करेन्ट