१७ बैशाख २०८१, सोमबार | April 30, 2024

राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता : क्वाटर फाईनलका खेलहरु सम्पन्न



नेपालगन्ज । नेपालगन्ज रंगशालास्थित कर्वड हलमा जारी प्रथम नेपालगन्ज कप राष्ट्रिय ब्याटमिन्टन प्रतियोगितामा आज क्वाटर फाईनलका खेलहरु सम्पन्न भएका छन् । जसअन्तर्गत विभिन्न विधामा गरि ३२ जना खेलाडीहरु सेमिफाईनलमा प्रवेश गरेका छन् ।

शुक्रबार सम्पन्न खेलहरुमा पुरुष एकलतर्फ एपिएफका प्रिन्स दहालले एपिएफकै क्षितिज खनाललाई २१–१६,२१–१२ ले तथा नेपाल प्रहरीका जिवन आचार्यले एपिएफका रोशन साउदलाई २१–१७, २१–१८ ले पराजित गर्दै सेमिफाईनल प्रवेश गरे ।

त्यसैगरी एपिएफका अमन महर्जनले एपिएफकै सुजन थापालाई ९–२१, २१–१८,२१–१५ ले तथा नेपाल आर्मीका कविर केसीले नेपाल प्रहरीका विष्णु कटवाललाई २१–१६, २१–१५ ले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरे ।

यस्तै महिला एकलतर्फ नेपाल आर्मीकी रशिला महर्जनले सेन्ट थोमस बाँकेकी कृपा शाक्यलाई २१–३,२१–४ ले तथा नेपाल प्रहरीकी नीता लम्सालले बाँकेकी एसी श्रेष्ठलाई २१–६, २१–५ ले पराजित गर्दै सेमिफाईनल प्रवेश गरिन् ।

त्यसैगरी कैलालीकी एलिना सुनारले नेपाल प्रहरीकी सुष्मा श्रेष्ठलाई २१–८, २१–१८ ले तथा एपिएफकी शोभा गौचनले सुर्खेतकी निशा सिंहलाई २१–७, २१–१३ ले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरिन् ।

यसैगरी, पुरुष युगल(बी लेभल) तर्फ धनगढीका भरत चन्द र दिनेश थापामगरको जोडीले दाङका कमल चन्द र विशाल सुवेदीको जोडिलाई २१–१०,२१–१४ ले तथा नेपाल प्रहरीका चक्रबहादुर डम्बर पाल र अविक श्रेष्ठको जोडिले टिकापुरका सुरज वैदार र राजन शेरचनको टोलीलाई २१–१२, २१–१२ ले पराजित गर्दै सेमिफाईनल प्रवेश गरे । त्यसैगरी गुलरियाका सरद खड्का र अनुपम न्यौपानेको जोडीले सुर्खेतका हिमाल लामा र दुर्गा रानालाई २१–१४, २१–१४ ले तथा सुर्खेतका राजेन्द्र बम र खगेन्द्र खत्रीको जोडीले अर्जुन बुढामगर र पदम चन्दको जोडीलाई २१–१०, २१–१३ ले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरे ।

पुरुष युगलतर्फ एपिएफका प्रिन्स दाहाल र बिजित थापामगरको जोडीले नेपाल प्रहरीका दिपक बोहरा र अविक श्रेष्ठको जोडीलाई २१–१८,२१–१७ ले तथा एपिएफका अमन महर्जन र रोशन साउदको जोडीले नेपाल प्रहरीका गौरव दाहाल र पूर्णबहादुर थापाको जोडीलाई २१–१२, २१–१७ ले पराजित गर्दै सेमिफाईनल प्रवेश गगरे । त्यसैगरी एपिएफका क्षितिज खनाल र देवराज रानाको जोडीले कविर केसी र अनिल मल्लको जोडीलाई २१–१५, २१–१४ ले तथा नेपाल प्रहरीका जिवन आचार्य र विष्णु कटवालको जोडीले राजु थापा र सुजन थापाको जोडीलाई २१–१६, २१–१९ ले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरे ।

पुरुष युगल (भेट्रान्स ४५ प्लस) बाँकेका अभयलाल श्रेष्ठ र अरुण गौतमको जोडीले बर्दियाका गोविन्द क्षेत्री र प्रनेश ढकालको जोडीलाई २१–१६,२१–१८ ले तथा बाँकेका अनिल लाखे र जयन्त श्रेष्ठको जोडीले सुरेश बम र रामप्रसाद भुषालको जोडीलाई २१–१३, २१–८ ले पराजित गर्दै सेमिफाईनल प्रवेश गरेका छन् ।

त्यसैगरी स्टारलाईटका हरि खत्री र राजकुमार पोखरेलको जोडीले कैलालीका भोजराज भट्ट र नरेन्द्र चन्दको जोडीलाई २१–१६, २१–१७ ले तथा बुटवलका वीरेन्द्र विष्ट र रितेश थापाको जोडीले सुर्खेतका केशर ओसी र दुर्गा रानाको जोडीलाई २१–१६, १८–२१, २१–१६ ले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरे ।

मुख्य रेफ्रि किरण रञ्जितकारका अनुसार सेमि फाइनल र फाईनलका लागि भोली शनिबार १५ वटा खेल हुनेछन् । उक्त खेलबाट छनोट भएका खेलाडी उपाधिका लागि फाईनलमा भिड्नेछन् ।

नकआउट आधारमा भइरहेको प्रतियोगितामा विभागीय टोली नेपाल आर्मी, एपिएफ तथा नेपाल पुलिस सहितका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय करिव २ सय ५० जना खेलाडीको सहभागीता रहेको छ । बाँके जिल्ला व्याडमिन्टन संघको आयोजना तथा प्रदेश खेलकुद परिषद् लुम्बिनी प्रदेशको मुख्य प्रायोजनमा प्रतियोगिता सञ्चालन गरिएको हो ।

बाँकेको नेपालगन्जमा २५ वर्षपछि राष्ट्रिय स्तरको ब्याटमिन्टन प्रतियोगिता आयोजना भएको हो । यसअघि नेपालगन्जमा २०५५ सालमा राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता भएको थियो । त्यसयता ब्याटमिन्टनको राष्ट्रिय प्रतियोगिता सञ्चालनमा आएको थिएन ।

बाँके जिल्ला व्याडमिन्टन संघका अध्यक्ष संजय थापाले प्रतियोगितामा देशभरबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियसहित करिव २ सय ५० जना खेलाडी सहभागी भएको बताए ।

अध्यक्ष थापाले पछिल्ला वर्षहरुमा खेलाडीहरुको उपस्थिती कम हुदैँ गएपछि नयाँ पुस्ताका खेलाडीहरु उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए । उनका अनुसार प्रतियोगिताको समापन समारोह शनिबार दिउँसो ३ बजे हुनेछ भने प्रमुख अतिथि नेपाली काँग्रेस लुम्बिनी प्रदेशका प्रमुख सचेतक जन्मजय तिमिल्सिना रहनेछन् ।

आयोजकका अनुसार पुरुष एकलका विजेताले नगद ७० हजार, दोस्रोले ३५ हजार तथा तेस्रो हुनेले १५/१५ हजार पाउनेछन् । महिला एकलका विजेताले ६० हजार, दोस्रो हुनेले ३० हजार तथा तेस्रो हुनेले १५/१५ हजार प्राप्त गर्नेछन् । पुरुष युगलका विजेताले नगद ५० हजार, दोस्रोले २५ हजार तथा तेस्रो हुनेले १५/१५ हजार पाउँनेछन् ।

यस्तै पुरुष युगल (बी लेभल)ले ३० हजार, दोस्रोले २० हजार तथा तेस्रो हुनेले १०/१० हजार पाउनेछन । यसैगरी पुरुष युगल (भेट्रान्स ४५ प्लस)का विजेताले ३० हजार, दोस्रोले २० हजार तथा तेस्रो हुनेले १०/१० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  ९ : ३५ बजे

तेस्रो लगानी सम्मेलन : ‘पर्यटनमा लगानीको ढोका खुल्यो’

काठमाडौं । मुगुको प्रसिद्ध रारा ताल क्षेत्रमा सुविधा सम्पन्न रिसोर्ट

चाँडै चीनसँगका १४ नाका सञ्चालनमा ल्याउँछौं : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवम् परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले चाँडै चीनसँगका

बुटवल आदर्शनगरको सिद्धेश्वरी सामुदायिक बनको डढेलो बस्ती नजिक झर्दै, सुरक्षा सतर्कता बढाइयो

बुटवल । बुटवल उपमहानगरपालिकाको आदर्शनगर माथिको सिद्धेश्वरी सामुदायिक बनमा लागेको

गुल्मीको छत्रकोटमा पैचो नमुना कृषि उत्पादन केन्द्र सञ्चालनमा

गुल्मी । पैचो पसल प्रालीले गुल्मीको छत्रकोटमा पैचो नमुना कृषि

नक्कली सवारी अनुमति पत्र प्रकरण : यातायात कार्यालय बुटवलका शाखा अधिकृत र इन्जिनीयर सहित ३ जना पक्राउ

बुटवल। नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रकरणको जालो बुटवल