१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

नवप्रवेशीलाई एमालेद्वारा धमाधम मेयरमा सिफारिस



काठमाडौं । विभिन्न पार्टी परित्याग गरी केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले प्रवेश गरेका दुई नेता भावी मेयरका लागि सर्वसम्मत सिफारिसमा परेका छन् ।

नेपालगञ्ज उपमहानगरपालिका मेयरका लागि पशुपतिदयाल मिश्र तथा रंगेली नगरपालिका भावी मेयरमा दिलीप बगडिया सर्वसम्मत रुपमा सिफारिसमा परेका हुन् ।

हृदयेश त्रिपाठी नेतृत्वको स्वतन्त्र नागरिक अभियान परित्याग गरी नेपालगञ्जका मिश्र गत १ मंसिरमा एमाले प्रवेश गरेका थिए भने २५ फागुनमा नेकपा माओवादी केन्द्र परित्याग गरी बगडिया प्रवेश गरेका थिए । पुनस् उम्मेदवार भएका बगडिया सो नगरपालिकामा माओवादीबाट विजयी मेयरसमेत हुन् ।

बाँकेको नेपालगञ्ज नगर कमिटी बैठकले मिश्रलाई सर्वसम्मत रुपमा एमालेबाट भावी मेयरका लागि सिफारिस गरेसँगै उपमेयरमा शान्ति ढकाल पनि सर्वसम्मत सिफारिसमा परेकी छिन् ।

ढकाल एमाले केन्द्रीय सदस्यसमेत हुन् भने मिश्र २०७४ सालको निर्वाचनमा सूर्य चिह्न लिएर प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवार भए पनि पराजित भएका थिए ।

एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलका अनुसार रंगेलीमा बगडियासँगै धनपालथान गाउँपालिकाका अध्यक्षका लागि मुसहरु मण्डल सिफारिस भएका छन । एमालेले ५ वैशाखभित्र स्थानीय तहका सबै उम्मेदवार सिफारिस गर्न निर्देशन दिएअनुसार देशैभरि एमालेले उम्मेदवार सिफारिस गरिरहेको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  ११ : २७ बजे

उपनिर्वाचन : आजबाट प्रचारप्रसार गर्न नपाइने

काठमाडौं । बैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

खोटाङ । खोटाङमा सामुदायिक वनमा लागेको डढेलो निभाउनेक्रममा जलेर एक

प्राइम बैंक तथा सुनगाभा रिसोर्ट र लुम्बिनी आई केयरबीच छुट सम्झौता

भैरहवा । प्राइम कमर्सियल बैंक लिमिटेड र रुपन्देहीको तिलोत्तमा नगरपालिका-७

आजको मौसम : पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने पूर्वानुमान

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक