१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

बैशाख १६ पछि मेलम्चीको पानी धारामा



काठमाडौं । सिन्धुपाल्चोकस्थित मेलम्ची खोलाको खानेपानी काठमाडौं उपत्यका पठाइएको छ । सुरुङमा प्राविधिक समस्या नदेखिएको अवस्थामा आगामी १४ वैशाखमा मेलम्चीको पानी सुन्दरीजल आइपुग्नेछ ।

खानेपानी मन्त्री उमाकान्त चौधरीले मंगलबार मेलम्ची खानेपानीको पुनः उद्घाटन गरेका छन् । पानी १४ वैशाखमा सुन्दरीजल आइपुगेपछि त्यहाँ रहेको प्रशोधन केन्द्र हुँदै वितरण प्रणालीमा पुग्नेछ । वितरण प्रणालीमार्फत उपभोक्ताका धारामा पानी पठाइनेछ ।

मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदम कुँवरले मंगलबार सुरुङमा छाडिएको पानी प्रतिसेकेन्ड २ सय ६५ लिटर सुन्दरीजल आइपुग्न १५ दिन लाग्ने बताएका छन् । सुन्दरीजलमा पानी आइपुगेको दुई दिनपछि वितरणका लागि तयार हुनेछ ।

यसरी तयार भएको पानी वितरण काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) गर्नेछ । केयूकेएलले तालिका बनाएर उपभोक्ताको धारामा पानी पठाउनेछ ।

अहिले ल्याउन लागिएको मेलम्चीको पानी सुन्दरीजल आइपुगेको झन्डै ४० दिनपछि पुनः सुरुङमा पानी पठाउन बन्द गरिने योजना रहेको छ । सम्भवतः आगामी आगामी २५ जेठदेखि सुरुङमा पानी पठाउन बन्द गर्ने योजना रहेको छ ।

अहिले अस्थायी रूपमा मात्र पानी हालिएको र वर्षा सुरु भएपछि चार महिना पानी पठाउन बन्द गरिने मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।

४० दिनपछि बन्द किन ?

गत १ असारको बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा गम्भीर क्षति पुगेको थियो । सो बाढीपछि काठमाडौं उपत्यकाका बासिन्दाले मेलम्चीको पानी पिउन पाएका छैनन् ।

१५ चैत २०७७ देखि काठमाडौं उपत्यकाको चक्रपथभित्रका क्षेत्रमा परीक्षणका रूपमा मेलम्चीको पानी वितरण थालिएको थियो । सुरुमा दैनिक ४ करोड लिटर पानी ल्याइएकोमा त्यसलाई बढाउँदै दैनिक ८ करोड लिटरसम्म वितरण गरिएको थियो ।

गत वर्षको १७ चैतदेखि राजधानीमा मेलम्ची खानेपानी आयोजनाको पानी औपचारिक रूपमा वितरण गरिएको थियो । दोस्रो चरणअन्तर्गत गत वैशाखदेखि १७ करोड लिटर पानी काठमाडौंमा वितरण गरिएको थियो । १७ चैतदेखि जेठ मसान्तसम्म उपत्यकावासीले मेलम्चीको पानी पिउन पाएका थिए ।

तर १ असारदेखि परीक्षणका लागि भन्दै मेलम्ची आयोजना विकास समितिले सुरुङमा पानी बन्द गरेको थियो । त्यही दिन राति मेलम्ची नदीमा विशाल बाढी आएको थियो । बाढीसँगै मलेम्चीको पानी वितरण प्रक्रिया अवरुद्घ बनेको थियो । मेलम्चीको माथिल्लो भागदेखि आएको बाढी पहिरोका कारण मेलम्ची खानेपानी आयोजनको मुख्य स्थल हेडवक्र्समा क्षति पुग्नुका साथै बालुवा, ढुंगा, लेदो माटोयुक्त गेग्रा्यानले आयोजना स्थल पुरेको थियो ।

योपटक पनि विगतमा झैं सुरुङ बन्द गरिनेछ । मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले खोलामा धमिलो पानी आउन थालेपछि सुरुङमा पानी पठाउन बन्द गर्नुपर्ने अवस्था आउने बताएका छन् ।

‘धमिलो पानी पठाउँदा बालुवा, लेदोले सुरुङमा समस्या पार्न सक्छ, त्यसैले पानी पठाउन बन्द गर्नुको विकल्प रहँदैन । सफा पानी बगुन्जेलसम्म मात्र सुरुङमा पानी पठाइनेछ,’ प्रवक्ता पन्तले भने ।

मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर कुँवरका अनुसार मौसमको अवस्थाअनुसार २५ जेठअगावै वा मौसमविद्को सुझावमा वर्षात सुरु हुने एकसाता अघिदेखि सुरुङमा पानी पठाउन बन्द गरिनेछ । ‘झन्डै चार महिना सुरुङमा पानी पठाउन बन्द गरिनेछ,’ कुँवरले भने ।

यो चार महिनामा आयोजना स्थलमा गर्नुपर्ने भौतिक पूर्वाधार निर्माणको काम भने जारी रहने आयोजनाले जनाएको छ ।

सरकारले चालू आर्थिक वर्षको बजेट व्यक्तव्यमा पनि सरकारले २०७९ सालको वैशाखसम्म बाढीग्रस्त मेलम्ची खानेपानी आयोजना पुनस्र्थापनाको काम सकेर काठमाडौंमा पुनः पानी ल्याउने घोषणा गरिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाका साथै खानेपानीमन्त्री चौधरीले यसअघि यही चैत महिनाभित्रमा मेलम्चीको पानी काठमाडौं उपत्यकामा वितरण गर्ने बताउँदै आएका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठनको ६ महिना पुगेको अवसरमा राष्ट्रको नाममा सम्बोधन गर्ने क्रममा पनि यो वर्ष मेलम्चीको पानी काठमाडौं ल्याउने बताएका थिए ।

पूर्वप्रधानमन्त्री समेत रहेका कांग्रेस नेता स्व. कृष्णप्रसाद भट्टराईले २०५१ सालको मध्यावधि चुनावमा काठमाडौंको सडक मेलम्चीको पानीले पखालिदिने वाचा गरेपछि यसको परिकल्पना अघि बढेको थियो ।

मेलम्ची आयोजनाको सुरु २०५८/५९ सालमा नै भएको थियो । आयोजना सुरु गर्दा २०६४/६५ सालभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । आजको राजधानी दैनिकमा टेनिस रोकाले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  ६ : ३२ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग