८ बैशाख २०८१, शनिबार | April 20, 2024

स्थानीयतहमा एमालेलाई जिताउन भारतीय संस्थापन पक्षको सहयोग रहन्छ : चित्रबहादुर केसी



बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमालेलाई स्थानीयतहमा जिताउन भारतीय संस्थापन पक्षको सहयोग रहने बताएका छन् । राष्ट्रिय जनमोर्चाको घोषणापत्र सार्वजनिक गर्न आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष केसीले भारतीय गुप्तचर प्रमुख सामन्त गोयलसंगको भेट भएदेखि नै एमालेले हिन्दुधर्म बोकेर हिंड्न थालेको आरोप लगाए ।

उनले एमालेको हिन्दुधर्मको लाईन र राजाबादीहरुको लाईन मिल्न गएको टिप्पणी गर्दै स्थानीय चुनावमा दुईपक्षबीच गठबन्धन हुने सम्भावना रहेको पनि बताए । अध्यक्ष केसीले अहिले पनि स्थानीयतहको अधिकाँस अधिकार केन्द्रमा राखिएको उल्लेख गर्दै त्यसलाई ग्रामिण विकास मन्त्रालय बनाएर स्थानीयतहमा ल्याउनु पर्ने बताए ।

पत्रकारहरुको प्रश्नको उत्तर दिँदै केसीले पाँच दलीय गठबन्धन स्थानीयतहमा उद्योग कल कारखाना खोल्नको लागि नभई २०७२ सालको संबिधान र गणतन्त्रको रक्षा तथा प्रतिगमनलाई पराष्ट गर्न बनेको स्पष्ट पारे । पाँच दलका अन्य दलहरुसँग सैद्धान्तिक मतभेद हुँदाहुँदै पनि जनमोर्चाले प्रतिगमनका विरुद्ध गठबन्धनमा सामेल भएको केसीको भनाई छ ।

कार्यक्रममा केसीले राष्ट्रिय जनमोर्चाको स्थानीयतह निर्वाचनको २८ बुँदे घोषणापत्र सार्वजनिक गरेका थिए । घोषणापत्रमा स्थानीयतहको बेरुजु घटाउने, भ्रष्टाचारको अन्त्य गर्ने, सुशासन कायम गर्ने स्थानीयस्तरमै उद्योग कल कारखाना खोल्ने, दक्ष जनशक्ति निर्माण गर्ने जस्ता विषयहरु समेटिएका छन् । घोषणापत्र सम्बन्धमा धारणा राख्दै अध्यक्ष केसीले दलाल नाकेरशाहीको अधिनमारहेको राज्यमा समाजवादको कुरा गर्नु बेकार हुने समेत बताए ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  ३ : ०६ बजे

संवादका माध्यमबाट मुलुकमा देखिएका समस्या समाधान गर्नुपर्छ : अध्यक्ष ओली

काठमाडौं । नेपाल (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले नीति र

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्ममा रु

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को

‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

नयाँदिल्ली । अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको