१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

राष्ट्रपति भण्डारीद्धारा नयाँ वर्ष २०७९ को शुभकामना व्यक्त



काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्ष २०७९ साल आरम्भ भएको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना व्यक्त गरेका छन् ।

राष्ट्रपति भण्डारीले शुभकामना सन्देश जारी गर्दै नयाँ वर्षको शुरुआत भएको यस अवसरमा विगतको कठोर अनुभवबाट शिक्षा लिएर आगामी यात्रा तय गर्न आवश्यक रहेको बताएकी छन् ।

हरेक वर्ष बढिरहेको व्यापार असन्तुलन कम गर्न स्वदेशी उत्पादनलाई बढावा दिनुका साथै उद्यमशीलता प्रवर्द्धन गरी राष्ट्रिय पुँजीको विकासद्वारा स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्नेमा जोड दिएकी छन् ।

ठूलो सङ्ख्यामा विदेशिने युवा शक्तिलाई स्वदेशकै विकासमा आबद्ध गर्न रोजगारी र अवसरको सिर्जना गर्ने नीति कार्यान्वयन गर्न ढिलाइ गर्ननहुने उनको भनाइ छ ।

जनताको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने शिक्षा, स्वास्थ्य, कृषि र वातावरण संरक्षणलाई उच्च प्राथमिकतामा राखेर सोहीअनुसारका नीति अवलम्बन गर्दै दिगो विकासको लक्ष्य हासिल गर्नेतर्फ अग्रसर हुन सङ्घीय, प्रदेश र स्थानीय सरकारका साथै सम्बद्ध सबैमा आह्वान गरेकी छन् ।

प्रकृतिप्रदत्त स्रोतको दिगो व्यवस्थापन एवं उपयोगमार्फत वातावरणमैत्री आर्थिक विकासद्वारा ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न प्रयत्नशील हुनुपर्ने सन्देशमार्फत भनिएको छ ।

प्रकाशित मिति : १ बैशाख २०७९, बिहिबार  ७ : ३२ बजे

प्रधानमन्त्री बालेन्द्रलाई पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफको बधाई

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई पाकिस्तानका प्रधानमन्त्री शहवाज शरीफले

प्रधानमन्त्री बालेन्द्रलाई भारतीय समकक्षी नरेन्द्रले दिए बधाई

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई भारतीय समकक्षी नरेन्द्र मोदीले

राजस्व अनुसन्धान विभागसहित १५ ऐन खारेज गर्ने अर्थमन्त्री वाग्लेको निर्णय

काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पदभार ग्रहण गरेसँगै

को हुन् नवनियुक्त भौतिक पूर्वाधारमन्त्री सुनील लम्साल ?

बुटवल । रुपन्देही क्षेत्र नं १ बाट गत फागुन २१

स्वर्णिम वाग्ले अर्थमन्त्री भएपछि तनहुँमा खुसी

तनहुँ । तनहुँ क्षेत्र नं १ बाट दोस्रो कार्यकालका लागि