१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

वर्ष बदलिँदा हाम्रो हर्ष पनि बढ्नुपर्छ तर त्यस्तो हुन सकेको छैन : पूर्वराजा ज्ञानेन्द्र



काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले वर्ष बदलिँदा हाम्रो हर्ष पनि बढ्नुपर्ने र जनजीवनमा स्तर वृद्धि पनि हुनुपर्ने बताएका छन् ।

नववर्ष २०७९ को पूर्वसन्ध्यामा बुधबार एक शुभकामना सन्देशमार्फत उनले भनेका छन्, ‘वर्ष बदलिँदा हाम्रो हर्ष पनि बढ्नु पर्दछ, भित्ताको पात्रो फेरिएपछि जनजीवनमा स्तर वृद्धि पनि हुनुपर्दछ। तर चर्का नारा, गहकिला आशा, आश्वासन तथा अर्थहीन परिवर्तन वा रुपान्तरणको प्रकृयाले नेपाली जनमानसलाई शान्त र सन्तुष्ट पार्न सकेको छैन। चिन्ताको विषय हाम्रो यो हो ।’

२०७८ साललाई अतीत र इतिहासको पानामा पल्टाउँदै नयाँ वर्ष २०७९ मा आइपुग्दा उनले देशवासी र बाध्यतावश विदेशी भूमिमा रहेका नेपालीलाई सम्झँदै सुख, शान्ति तथा समुन्नतिको कामना गरेका छन् ।

मातृभूमि नेपाल ‘त्रिपक्षीय महाशक्तिहरुबीचको शिखर आभूषण’ का रुपमा र पनि आफ्नै भूबनोट, सामाजिक संरचना, गौरवपूर्ण इतिहास, मौलिक मूल्यमान्यता तथा परम्पराले गौरवान्वित रहिआएको उनको भनाइ छ ।

‘सबै राष्ट्र, सबै समुदाय मिलेर रहुन्, कतै अशान्ति नहोस् कोही कसैमा विभाजन, विभेद नरहोस् भन्ने हाम्रो मान्यता हो । छिमेकी मित्र राष्ट्रहरुप्रति हामीले अवलम्बन गर्ने नीति तथा व्यवहारले हाम्रो उन्नतिप्रगतिलाई मात्र प्रभावित गर्दैन मुलुकको स्थायित्व, शान्ति र राष्ट्रिय अस्मिता समेतमा कुनै न कुनै स्तरको प्रभाव पर्न जाने अवस्थालाई संझेर हामी सदैव चनाखो हुनुपर्दछ,’ उनले शुभकामना सन्देशमा लेखेका छन् ।

नेपाल शान्तिभूमि बन्न सकोस् भन्ने आकांक्षा आफूहरूले राखेको उनको भनाइ छ । तर आज नेपाल कोहीसँग कतै टाँसिएर कसैप्रतिको दूरभाव राख्ने मार्गतर्फ लाग्यो कि भन्ने जुन धारणा उत्पन्न भएको छ त्यो आफैंमा आत्महीनताको विषय बन्न गएको उनले बताएका छन् ।

उनले देशको अर्थतन्त्रमा समस्या आएको भन्दै त्यसप्रति चिन्ता पनि व्यक्त गरेका छन् ।

‘हाम्रो अर्थविद्हरु तथा उद्यमीहरुले गलत मौद्रिक र कमजोर वित्तीय नीतिका कारण अर्थ व्यवस्था जटिल बन्दै गएको चिन्ता गरिरहेका छन्,’ उनले भनेका छन्, ‘नेपालीको घर घरमा बढ्दो महंगी र थपिदों आर्थिक बोझले जीवन गुजरा गर्न अत्यन्त कठिन भएको दुखेसो छ ।’

प्रकाशित मिति : १ बैशाख २०७९, बिहिबार  ८ : ०० बजे

प्रधानमन्त्री बालेन्द्रलाई पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफको बधाई

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई पाकिस्तानका प्रधानमन्त्री शहवाज शरीफले

प्रधानमन्त्री बालेन्द्रलाई भारतीय समकक्षी नरेन्द्रले दिए बधाई

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई भारतीय समकक्षी नरेन्द्र मोदीले

राजस्व अनुसन्धान विभागसहित १५ ऐन खारेज गर्ने अर्थमन्त्री वाग्लेको निर्णय

काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पदभार ग्रहण गरेसँगै

को हुन् नवनियुक्त भौतिक पूर्वाधारमन्त्री सुनील लम्साल ?

बुटवल । रुपन्देही क्षेत्र नं १ बाट गत फागुन २१

स्वर्णिम वाग्ले अर्थमन्त्री भएपछि तनहुँमा खुसी

तनहुँ । तनहुँ क्षेत्र नं १ बाट दोस्रो कार्यकालका लागि