२६ असार २०८३, शुक्रबार | July 10, 2026

एमालेको मधेश प्रदेशमा लोसपासँग गठबन्धन गर्ने सम्भावना



महोत्तरी । नेकपा एमाले मधेश प्रदेशले लोसपासँग गठबन्धनको लागी आन्तरिक संवाद भइरहेको बताएको छ । आन्तरिक छलफलका क्रममा लोसपासँग गठबन्धनको सम्भावना बढेको मधेश प्रदेश नेकपा एमालेले जनाएको छ ।

सकेसम्म सत्तारुढ गठबन्धन दलसँग एक्लै लड्ने यदि गठबन्धन गर्नुपरेमा लोसपासँग गर्न सक्ने मधेश प्रदेशकी नेतृ तथा प्रदेशसभा सदस्य शारदादेवी थापाले बताइन् ।

सोमबार बर्दिबासमा बसेको बैठकले प्रदेश कमिटीलाई पूर्णता दिँदै शपथग्रहणसमेत गराएको छ । पालिकाको काम बाडफाडका लागी निर्वाचन समिति तय गरेको बैठकमा सहभागी एक जना नेताले जानकारी दिए ।

प्रदेश कमिटीमा रिक्त रहेका झण्डै २१ जना सदस्य मनोनीत गरेको छ भने निर्वाचन सम्बन्धी कार्य योजना बनाएर निर्वाचन परिचालन समितिसमेत गठन गरेको छ ।

लोसपासँग गठबन्धन हुन नसके नेकपा एमाले सत्तारुढ दलसँग एक्लै लड्ने नेकपा एमालेकी नेतृ शारदादेवी थापाको भनाइ छ ।

नेकपा एमालेबाट टुक्रिएर नेकपा एस बनेपछि नेकपा एमाले पनि मधेश प्रदेशमा कमजोर देखिएको छ । माधव नेपालको नेतृत्वमा नेकपा एस बनेपछि ७ वटै प्रदेशमा नेकपा एमाले सरकारबाटसमेत बाहिरिएको थियो ।

मधेश प्रदेशमा नेकपा एमाले अल्पमतमा परेपछि माधव नेपाल नेतृत्वको नेकपा एस सरकारमा सहभागी समेत बन्यो ।

धेरैजसो जनप्रतिनिधिहरू नै नेकपा एसको पक्षमा सनाखत गरेपछि गठबन्धनको मोडालिटीमा एमालेले जितेका पालिका आफ्नो भागमा हुनुपर्ने माधव पक्षधरले दाबी गर्दै आएको छ ।

गठबन्धन गर्नैपर्ने शीर्ष नेताहरूमा छलफल भएपछि सत्ताघटक ५ दल भने गठबन्धनको मोडालिटी बनाउनमा नै व्यस्त बनेको छन् ।

सोमवार बसेको बैठक निष्कर्षमा पुग्न नसकेपछि सत्तारुढ दलहरूले ३ र ४ वैशाखलाई ४/४ जिल्लाको छुट्टाछुट्टै बैठक बस्ने निर्णय गरेको छ ।

एकातिर निर्धारित समयमा उम्मेदवार टुङ्ग्याउनु पर्ने र अर्कोतिर गठबन्धनभित्र उठेका विवादलाई मथर बनाउन गठबन्धन दलहरूलाई निक्कै कसरत गर्नुपरेको छ ।

यता गठबन्धन इतर दलहरू पनि चुनावी तालमेलको खोजीमा छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लोसपासँग तालमेलको प्रयासमा छ भने सत्तारुढ दल जसपा भने गठबन्धनभित्रै आश्रय खोजिरहेको देखिन्छ ।

माधव नेपाल पक्षधर भागबण्डामा स्पष्ट वटमलाइनमा अडिग रहेको छ । नेकपा एमालेलाई पनि सत्ताघटक दलको चुनावी तालमेलले निक्कै भारी पर्ने देखिएको छ ।

त्यसैले पनि नेकपा एमाले मधेश प्रदेशले लोसपासँग गठबन्धनको साझेदारी खोजिरहेको छ । लोसपा महोत्तरीका अध्यक्ष रामबाबु साहको अनुसार जरुरत भएको ठाउँमा बिचार मिल्ने दलसँग गठबन्धन हुन सक्ने बताउँछ्न् ।

प्रकाशित मिति : १ बैशाख २०७९, बिहिबार  ८ : ०६ बजे

पाँच दिनको गिरावटपछि सुनमा पुनः उछाल, एकैदिन तोलामा २ हजार ७ सय रुपैयाँ वृद्धि

काठमाडौं । लगातार पाँच कारोबार दिनसम्म ओरालो लागेको सुनको मूल्यमा

लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयको खर्च कति ?

दाङ । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को

गणेश नेपालीको अवस्था चिन्ताजनक, जुनसुकै बेला थप बिग्रन सक्छ : वीर अस्पताल

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका

जनतालाई डर वा भ्रममा राखेर सुशासन र समृद्धि हासिल हुँदैन : शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले