१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

सिवाईसी नेपाल लघुवित्तको आईपीओ बिक्री खुला



काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ ।

लघुवित्तले ३ करोड ९५ लाख ३३ हजार ६ सय रुपैयाँबराबरको ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ जारी गर्न लागेको हो । लघुवित्तले निष्कासन गर्न लागेको कुल सेयरमध्ये ६ हजार ८२ कित्ता कर्मचारीका लागि र १९ हजार ७६६ कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरिएको छ ।

बाँकी ३ लाख ६९ हजार ४८८ कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। आइपीओमा ६ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा वैशाख १६ गतेसम्म आवेदन दिन सकिने छ । लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

लघुवित्तको आईपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। हाल ८ करोड २१ लाख ८ हजार २४० रुपैयाँ रहेको लघुवित्तको चुक्ता पूँजी आईपीओ बाँडफाँटपश्चात १२ करोड १६ लाख ४१ हजार ८४० रुपैयाँ पुग्नेछ।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  ७ : ४९ बजे

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग

युवा उद्यमी मञ्च रुपन्देहीको आयोजानमा पहिलो ‘बिटुबि कन्टेक्ट २०२४’

बुटवल । नेपालमै पहिलो पटक रुपन्देहीमा शनिवार (भोली)’बिटुबि कन्टेक्ट २०२४’

निरजलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि

काठमाडौं । कोर्स रेकर्ड बराबरी गर्दै समग्रमा ८-अन्डर २ सय