२२ माघ २०८२, बिहिबार | February 5, 2026

पत्रकारमाथि ज्यादती गर्ने बुटवल प्रहरीको चौतर्फी विरोध, दुर्व्यवहार गर्ने वरिष्ठ सईलाई कारवाही गर्न माग



बुटवल । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरीले समाचार संकलनको क्रममा गरेको ज्यादतीको विषयमा विभिन्न सञ्चार सम्बद्ध संस्थाहरुले भत्र्सना गर्दे विज्ञप्ति जारी गरेका छन् ।

खबरकुरा डट कमका प्रबन्ध सम्पादक शरणकुमार कर्माचार्य, सम्पादक दिनेश कुमार श्रेष्ठ, ग्लोबल आवाज डट कमका समाचार प्रमुख डीबी सुस्लिङ, समतल अनलाईनका सम्पादक सन्तकुमार श्रेष्ठ लगायतका पत्रकार माथि प्रहरीबाट दुर्व्यवहार भएको भन्दै ती संस्थाहरुले विज्ञप्ति जारी गरेका हुन् ।

पत्रकार महासंघ रुपन्देही शाखाले विज्ञप्ति जारी गर्दै प्रहरीका जिम्मेवार व्यक्तिबाट फोटो/भिडियो खिच्न रोक लगाउँने, पत्रकार परिचय देखाउँदा पनि छातीमा समातेर ‘पत्रकार चिन्दिन’ भन्दै प्रहरीले गरेको हातपात र दुर्व्यवहार खेदजनक रहेको जनाएको छ । ‘स्वतन्त्रता पूर्वक रिर्पोटिङ गर्न पाउँने अधिकारलाई कुण्ठित गर्दै जिम्मेवार प्रहरी अधिकारीहरुबाट भएको निन्दनीय आक्रमणले स्वतन्त्र प्रेसमाथि प्रहरी संगठनको नियतमा समेत शंका उब्जाएको छ ।’ विज्ञप्तिमा लेखिएको छ, -‘पत्रकारहरुमाथि हातपात गर्ने, गालीगलौज र दुर्व्यहार गर्ने प्रहरीलाई कारवाही गर्न महासंघ जोडदार माग गर्दछ ।’

महासंघको प्रदेश समितिका महासचिव बिक्रम खड्काले पनि घटनाको विरोध गर्दै विज्ञप्ति जारी गरेका छन् । प्रदेश समितिबाट प्रकाशित विज्ञप्तिमा अमर्यादीत गतिविधि गर्ने प्रहरीलाई कारवाही गर्नु पर्ने उल्लेख गर्दै आगामी दिनमा यस्ता घटना नदोहर्‍याउँन प्रहरीलाई चेतावनी दिएको छ । घटनाका सम्बन्धमा पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीले पनि घटनाको भत्सैना गर्दै दोषी प्रहरीलाई कारवाही गर्न माग गरेका छन् । महासंघ बाँकेका सचिव कमल डाँगीले विज्ञप्ति प्रकाशित गर्दै घटनाको बिरोध जनाएका छन् ।

त्यसैगरि प्रेस चौतारी नेपालको रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेलले पनि विज्ञप्ति प्रकाशित गर्दै घटनाको भत्सना गरेका छन् । चौतारीको विज्ञप्तिमा पत्रकारको सुरक्षा चुनौतीलाई थप जटिल बनाउने कार्य प्रहरीबाट भएको जनाइएको छ । चौतारीले घटनाको छानवीनको माग गर्दै दोषीलाई कडा कारवाही गर्न माग गरेको छ ।

रिर्पोटिङको क्रममा पत्रकार माथि प्रहरीले गरेको दुर्व्यवहारको प्रगतिशील पत्रकार संघ, नेपालले भत्सर्ना गरेको छ । संघका सचिव श्यामलाल पोखरेलले एक विज्ञप्ति जारी गरी सचिव श्यामलाल पोखरेलले पत्रकारमाथि दुर्व्यवहार गर्ने प्रहरीमाथि तत्काल कारवाही गर्न माग गरेका छन् ।

रुपन्देहीको तिलोत्तमामा बुधबार राति शंकास्पद मृत्यु भएकी २९ वर्षीया अमृता खत्री टण्डनको हत्या भएको दावी गर्दै आफन्त र स्थानीयबासिन्दाले छानबिनको माग राखेर प्रहरी कार्यालय अघि गरेको प्रदर्शनको समाचार संकलन गर्नेक्रममा इप्रका बुटवलका वरिष्ठ सई बाबुराम घिमिरेले संचारकर्मीमाथि दुर्व्यवहार गरेका थिए ।

अमृताका आफन्त र स्थानीय र प्रहरीबीच भएको झडपको फोटो खिच्ने क्रममा ग्लोबल आवाजका सुस्लिङको मोवाइल खोस्दै हातपात गर्न खोज्दै घिमिरेले डिलिटको दबाब दिएका थिए । सोही क्रममा खबरकुराका प्रबन्धसम्पादक कर्माचार्यले हामी संचारकर्मी हौं झडपको फोटो खिचेको भन्दै सूचना विभागको प्रेस पास देखाउँदा देखाउँदै गर्दा कसैलाई चिन्दैनौं भन्दै घिमिरे जाइलागेका थिए ।

उनले कर्माचार्यको कठालो समात्दै कुटपिटको प्रयास गर्नै लाग्दा अर्को एक प्रहरी आएर छुटाएका थिए । त्यस्तै जागरण पोष्टको बुम प्रहरीले खोसेर लगेकोमा फिर्ता माग्न जाने क्रममा समतल अनलाईनका सम्पादक सन्तकुमार श्रेष्ठलाई समेत प्रहरीले लाठी प्रहार गरेर घाइते बनाएको छ । उनको पिँडुलामा छाप बस्नेगरि लाठी प्रहार गरेको छ ।

प्रदर्शनमा उत्रिएका सहभागीले ‘अमृतालाई न्याय देऊ’ नारा लेखिएका प्लेकार्ड प्रदर्शन गर्दै तिलोत्तमाको जानकीनगरबाट इप्रका बुटवल पुगेर नाराबाजी गरेका थिए । त्यसक्रममा प्रहरील प्रदर्शनकारीबीच केहीबेर झडप भएको थियो ।

बुधबार राति माइतीघर जानकीनगरमा रहेकी अमृतालाई पटकपटक फोन गरी घरमा बोलाएको एक घण्टा नवित्दै उनको मृत्यु भएको माइती पक्षले दाबी गरेको छ । प्रदर्शनकारीले अमृताको हत्या भएको दाबी गर्दै त्यसमा उनको श्रीमान मात्र नभएर घरका अन्य परिवार पनि रहेको दाबी गरेका छन् ।

 

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  ६ : १६ बजे

आगामी निर्वाचनका लागि सवारीसाधन अनुमतिसम्बन्धी कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोग नेपालले आगामी निर्वाचनलाई लक्षित गर्दै ‘सवारीसाधनको

उदयपुर-२ : फेरिरहन्छन् प्रतिनिधि, फेरिँदैन सडकको अवस्था

उदयपुर । जता हे¥यो त्यतै धुलो, मनभरि आक्रोश । उदयपुरको

दुई पाङ्ग्रे सवारीसाधनको आयात बढ्यो

वीरगञ्ज । चालु आर्थिक वर्षको प्रथम छ महिनामा यहाँबाट रु

राष्ट्रिय जनमोर्चा प्युठान-रुपन्देही सम्पर्क समितिको बुटवलमा भेला

बुटवल । राष्ट्रिय जनमोर्चा प्युठान-रुपन्देही सम्पर्क समितिको चौथो भेला बुटवलमा

विश्वकपअघि नेपालको अन्तिम अभ्यास खेल आज क्यानडासँग

काठमाडौं । नेपालले आईसीसी टी-२० विश्वकप २०२६ अगाडि अन्तिम अभ्यास