६ श्रावण २०८३, बुधबार | July 22, 2026

बुटवल प्रहरीको ज्यादती विरुद्ध विज्ञप्तिको वर्षा, दोषीलाई कारवाहीको माग



बुटवल । शुक्रबार बुटवलमा सञ्चाकर्मीहरुमाथि भएको दुर्व्यवहारका बिरोधमा थप विज्ञप्तिहरु प्राप्त भएका छन् । समाचार संकलन गर्न गएका पत्रकारहरुलाई इलाका प्रहरी कार्यालय बुटवलका बरिष्ठ सई बाबुराम घिमिरेबाट भएको ज्यादती प्रति खेद प्रकट गर्दै भिमिरेमाथि कडा कारवाही गर्न सञ्चार सम्बद्ध संस्थाहरुले माग गरेका छन् ।

प्रहरी ज्यादतीको नेपाल प्रेस युनियन रुपन्देही, समाजवादी पत्रकार संगठन, प्रेस सेण्टर नेपाललेपनि घटना प्रति खेद प्रकट गर्दै ज्यादती गर्ने प्रहरी अधिकारीलाई कारवाहीको माग गरेको छ । प्रेस युनियन रुपन्देहीकी अध्यक्ष रेखा भुसालले स्वतन्त्र प्रेसमाथि प्रहरीको हस्तक्षप भएको भन्दै पत्रकारमाथि आक्रमण गर्न आउने प्रहरीमाथि कारवाहीको माग गरेको छ । विज्ञप्तिमा फोटो भिडियो खिच्न रोक लगाउनु र पत्रकारले परिचय खुल्ने प्रमाण देखाउँदा पनि हातपात गर्न खेज्नु खेदजनक रहेको उल्लेख गरिएको छ ।

समाजवादी प्रेस संगठनका सचिव पुनहरी बेल्वासेले पनि विज्ञप्ति प्रकाशित गर्दै घटनामा संलग्न प्रहरी अधिकारी तथा प्रहरीमाथि छानविन गरि दोषीलाई कारवाही गर्न माग गरेको छ । ‘भिड नियन्त्रण गर्ने निहुँमा सञ्चारकर्मीहरुलाई निशाना बनाएर हातपात तथा दुर्व्यवहार गरिएकाले दोषिमाथि कडा कारवाहि गर्न माग गर्दछौ ।’ विज्ञप्तिमा लेखिएको छ ।

त्यसैगरि प्रेस सेण्टरका सचिव विष्णु पोखरेलले प्रकाशित गरेको विज्ञप्तिमा परिचयपत्र सहित रिपोर्टिङमा रहेका पत्रकारहरुलाई हातपात र दुर्व्यवहार गर्नु स्वतन्त्र प्रेसको भावना विपरित रहेको उल्लेख छ ।

यसअघि नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश कमिटी, पत्रकार महासंघ रुपन्देही र बाँके शाखा, प्रेस चौतारी नेपाल रुपन्देही र प्रगतिशिल पत्रकार संघ रुपन्देहीले विज्ञप्ति मार्फत दोषीमाथि कडा कारवाहीको माग गरेको थियो ।

रुपन्देहीको तिलोत्तमामा बुधबार राति शंकास्पद मृत्यु भएकी २९ वर्षीया अमृता खत्री टण्डनको हत्या भएको दावी गर्दै आफन्त र स्थानीयबासिन्दाले छानबिनको माग राखेर प्रहरी कार्यालय अघि गरेको प्रदर्शनको समाचार संकलन गर्नेक्रममा इप्रका बुटवलका वरिष्ठ सई बाबुराम घिमिरेले संचारकर्मीमाथि दुर्व्यवहार गरेका थिए ।

अमृताका आफन्त र स्थानीय र प्रहरीबीच भएको झडपको फोटो खिच्ने क्रममा ग्लोबल आवाजका सुस्लिङको मोवाइल खोस्दै हातपात गर्न खोज्दै घिमिरेले डिलिटको दबाब दिएका थिए । सोही क्रममा खबरकुराका प्रबन्धसम्पादक कर्माचार्यले हामी संचारकर्मी हौं झडपको फोटो खिचेको भन्दै सूचना विभागको प्रेस पास देखाउँदा देखाउँदै गर्दा कसैलाई चिन्दैनौं भन्दै घिमिरे जाइलागेका थिए ।

उनले कर्माचार्यको कठालो समात्दै कुटपिटको प्रयास गर्नै लाग्दा अर्को एक प्रहरी आएर छुटाएका थिए । त्यस्तै जागरण पोष्टको बुम प्रहरीले खोसेर लगेकोमा फिर्ता माग्न जाने क्रममा समतल अनलाईनका सम्पादक सन्तकुमार श्रेष्ठलाई समेत प्रहरीले लाठी प्रहार गरेर घाइते बनाएको छ । उनको पिँडुलामा छाप बस्नेगरि लाठी प्रहार गरेको छ ।

प्रदर्शनमा उत्रिएका सहभागीले ‘अमृतालाई न्याय देऊ’ नारा लेखिएका प्लेकार्ड प्रदर्शन गर्दै तिलोत्तमाको जानकीनगरबाट इप्रका बुटवल पुगेर नाराबाजी गरेका थिए । त्यसक्रममा प्रहरील प्रदर्शनकारीबीच केहीबेर झडप भएको थियो ।

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  १२ : २२ बजे

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,

शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज