२३ कार्तिक २०८३, सोमबार | November 9, 2026

विवेकशील साझाको काठमाडौं घोषणा : विद्युतीय सवारी करमा तीन वर्षसम्म छुट, ५० वटा थप सार्वजनिक शौचालय



काठमाडौं । रविन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले काठमाडौं महानगरपालिका केन्द्रित चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

घोषणापत्रमा विद्युतीय सवारी साधन खरिदमा तीन बर्षसम्म महानगरीय कर नलिनेदेखि काठमाडौंमा सार्वजनिक शौचालय निर्माण गर्नेसम्म उल्लेख छ ।

महानगरको मेयरमा समीक्षा बाँस्कोटा र उपमेयरमा कीर्ति तुलाधारलाई अगाडि सार्दै विवेकशीलले चुनावी घोषणापत्रमार्फत ५० वटा थप सार्वजनिक शौचालयलगायत निर्माण गर्ने घोषणा गरेको हो ।

‘डिजल र पेट्रोलबाट चल्ने सार्वजनिक यातायातलाई क्रमशः विस्थापित गर्दै लगिनेछ, बिजुलीवाट चल्ने यातायातमा रुपान्तरण गर्ने संस्था र कम्पनीलाई महानगर अन्तर्गतका सबै कुरा तीन बर्षका लागि मिनाहा गरिनेछ,’ घोषणा पत्रमा उल्लेख छ ।

यसैगरी, हरेक वडामा नयाँ सार्वजनिक पार्क बनाउने, अनधिकृत जग्गालाई खुल्ला क्षेत्रका रुपमा विकास गर्ने, काठमाडौंका कतिपय भित्री क्षेत्रमा निश्चित समयका लागि सवारीसाधान निषेध गरी पर्यटक लक्षित आकर्षक बजार क्षेत्र र स्थानियवासीका लागि सार्वजनिक स्थलको विकास गर्ने बिषय समेटेर चुनावी घोषणापत्र सार्वजनिक गरेको हो ।

विवेकशीलले बागमती, विष्णुमती, रुद्रमतीलगायतका खोला किनारामा संघीय सरकारको समन्वयमा ग्रिन वेल्ट, जगिङ र साइकल ट्रयाक निमार्ण गर्ने, कुहिने र नकुहिने फोहोरलाई अलगअलग दिन निकाल्ने, प्रत्येक बर्ष २५ हजारभन्दा बढी बृक्षारोपण गर्ने, सामुदायिक बिद्यालयहरूमा १२ कक्षसम्म निःशुल्क गर्ने, काठमाडौंलाई जीवन्त संग्रहालयको रुपमा विकास गर्दै नेवाः कला सँस्कृतिको पुर्नजागरण गर्नेलगायत मुख्यतः सात विषय केन्द्रित रहेर चुनावी घोषणा पत्र सार्वजनिक गरेको हो ।

काठमाडौंमा चुनावी घोषणापत्र सार्वजनिक गर्ने विवेकशील पहिलो पार्टीसमेत भएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  ५ : १५ बजे

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

घोप्टेभिरको पहिरो दिउँसो १ः०० बजेसम्म पन्छाएर सडक सञ्चालन गर्ने तयारी

चितवन । पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा आज बिहान

दुई हजारभन्दा बढी स्मारक, आठ हजार पुरातात्विक वस्तुको अभिलेखीकरण

काठमाडौं । नेपाल सम्पदा अभिलेखीकरण परियोजना (एनएचडिपी)ले आठ वर्षमा नेपालका

कोप-३१ को उद्घाटनकै दिन नेपालका महत्वपूर्ण कार्यक्रम

टर्किए । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि (युएनएफसीसीसी) का पक्ष

मुकु सुवेदीको ‘ख्याल ख्यालमे’ सार्वजनिक, विजय र समीक्षा चौधरीको स्वर

बुटवल । थारू गीत-संगीतको क्षेत्रमा नयाँ सांगीतिक प्रस्तुति थपिएको छ