६ पुस २०८२, आइतबार | December 22, 2025

लुम्बिनी वाङमयको अधिवेशन सम्पन्न, अध्यक्षमा ऋषि आजाद



बुटवल । लुम्बिनी वाङमय प्रतिष्ठान लुम्बिनी प्रदेशको तेस्रो अधिवेशन तथा पाँचौ साधारण सभा कपिलवस्तुको कपिधाममा आज सम्पन्न भएको छ ।

अधिवेशनको उदघाटन गर्दै पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संस्कृत वाङमयको उत्थानको लागि कपिलधामले गरेको योगदानको मुक्त कण्ठले प्रशंसा गरे । उनले कपिलभामलाई विशेष सहयोग गरी अगाडि बढाउने प्रतिवद्धता पनि व्यक्त गरे । आफ्नो पिताजीको संस्कृति दर्शन र साहित्यमा भएको योगदानको स्मरण गर्दै पिताको सपना साकार पार्नु आफ्नो कर्तव्य भएको बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानाका कुलपति गंगाप्रसाद कोइरालाले स्वर्गीय हिमलाल ज्ञवालीले नेपाली वाङमयको विकासमा देखाउनु भएको तत्परता र योगदानको कदर गर्दै उहाँको सपना पूरा गर्न सबै लाग्नु्पर्नेमा जोड दिए ।
डा.बालकृष्ण चापागाईले लुम्बिनी वाङमय प्रतिष्ठान लुम्बनी प्रदेश नेपालले विगतमा गरेका कामहरुको प्रशंसा गर्दै आफूले यो विषयमा विगतदेखि सहयोग गर्दै आएको बताए ।

कार्यक्रममा लुम्बिनी वाङमय प्रतिष्ठानको मानार्थ सदस्यता, आजीवन सदस्याता, विशिष्ट सदस्यता र संस्थापक सदस्यता प्रदान गरिएको थियो । कार्यक्रममा फत्तेकुमारी ओली, कविता उपाध्याय, पशुपतिमणि त्रिपाठी, नारायण ज्ञवाली, शेखर दहित, डिकबहादुर विश्वकर्मा, गिरीश्रीस मगरलाई अभिनन्दन गएिको थियो भने सातवटा पुस्तक पनि विमोचन गरिएको थियो ।

कार्यक्रममा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालका पिता मंगलकुमार नेपाल र कृष्णप्रसाद कोइरालाका पिता यादवनाथ कोइरालाको शालिक अनावरण गरिएको थियो । दुबै शालिकको अनावरण नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति कोइरालाले गरेका छन् ।

कार्यक्रममा लुम्बिनी वाङमय प्रतिष्ठान नेपालका कावा अध्यक्ष बालकृष्ण भट्टराई, राप्ती साहित्य परिषदको पूर्व अध्यक्ष पुरुषोत्तम खनाल, भेरी साहित्य समाजका अध्यक्ष हरि तिमिल्सिना, वरिष्ठ साहित्यकार हरिराज शर्मा, वरिष्ठ पत्रकार बालकृष्ण चापागाईले सहजीकरण गर्दै निर्वाचन सम्पन्न गर्नु भएको थियो । कार्यक्रममा बालकृष्ण भट्टराई, राजेन्द्रकुमार आचार्य, हिरण्यलाल ज्ञवाली, कृष्णप्रसाद कोइराला, डिकबहादुर विश्वकर्माले विचार राख्नु भएको थियो ।

साधारणसभाले लुम्बिनी वाङमय प्रतिष्ठान नेपालको विधान संशोधन गरी वाङमय प्रतिष्ठान लुम्बिनी प्रदेश बनाइएको छ ।
अधिबेशनले ऋषि आजादको अध्यक्षतामा नयाँ समिति समेत गठन गरेको छ । समितिको उपाध्यक्ष हरि पोखरेल, उपाध्यक्ष सिर्जना ज्ञवाली, महासचिव अर्जुनकुमार पौडेल, सचिव शेखर दहित, कोषाध्यक्ष लक्ष्मण ज्ञवाली रहेका छन् ।

सदस्यहरुमा विक्रम शिशिर बाँके, मीना बराल बर्दिया, फत्तेकुमारी ओली रुकुम, कमलमणि देवकोटा दाङ्ग, नवराज आचार्य, प्यूठान, कविता उपाध्याय रोल्पा, कृष्णकला भण्डारी पाल्पा, घनश्याम न्यौपाने परिश्रमी नवलपरासी, पशुपतिमणि त्रिपाठी कपिलवस्तु, तिलक लामिछाने रुपन्देही, कविता पन्थी गुल्मी, पिताम्बर बन्जाडे अर्घाखाँची निर्वाचित भएका छन् । कपिलधामका अध्यक्ष शंकर आचार्यको अध्यक्षता र साहित्यकार रुद्र ज्ञवालीको सञ्चालनमा भएको अधिबेशनमा प्रतिष्ठानको संस्थागत र आर्थिक प्रतिवेदन पारित गरिएको थियो ।

 

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  १० : २९ बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको