१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

बझाङ जीप दुर्घटना अपडेट : कांग्रेस बझाङ सभापति घाइते, माइला छोराको ज्यान गयो



बझाङ । जीप दुर्घटनामा नेपाली कांग्रेस बझाङका सभापति खड्क बाेहराका माइला छाेरा विनाेद बाेहराकाे ज्यान गएकाे छ ।

बझाङको सुर्माबाट धनगढीतर्फ जाँदै गरेकाे सुपप्र ०१-००१ च ००९५ नम्बरको जीप वित्थडचिर गाउँपालिका-४ देउलेख बजार नजिकै दुर्घटना हुँदा २७ वर्षीय विनाेदकाे ज्यान गएकाे प्रहरीले जनाएकाे छ ।

गयराति पाैने १ बजे भएकाे दुर्घटनामा खड्क सामान्य घाइते भएका छन् । सवारी दुर्घटनामा घाइते भएकी खड्ककी कान्छी बुहारी अञ्जु बोहरालाई उपचारका लािग धनगढी रेफर गरिएको छ । घाइते खड्क, उनका कान्छा छाेरा पारश तथा चालकसमेत रहेका भतिज गोकुल बोहरा र गोकुलका दुई आमा सिन्की बोहरा र रत्ना बोहराकाे देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेकाे छ ।

उनीहरु वैवाहिक कार्यक्रममा सहभागी हुन धनगढी हिँडेका थिए । जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी कमलप्रसाद चौधरीका अनुसार जीप अनियन्त्रित भएर दुर्घटनामा परेकाे हाे ।

 

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  ९ : १९ बजे

माइन, मिसाइल र लामो समुद्री तट : हर्मुज जलडमरूमा इरानको बलियो पकड

पश्चिम एशियाको हर्मुज जलडमरु लगभग चार हप्तादेखि प्रभावकारी रूपमा बन्द

मिथिलामा रामजन्मोत्सव धुमधामका साथ मनाइँदै

महोत्तरी । मिथिलाञ्चलमा आज विविध धार्मिक अनुष्ठान गरेर रामजन्मोत्सव धुमधामका

परम्परा तोड्दै ‘कोर्ट म्यारिज’ प्रति आकर्षण बढ्दो

काठमाडौं । यही चैत ११ गतेका दिन कालो जिन्सको ज्याकेट

शैक्षिक गुणस्तर सुधार्न विद्यालयमा पूर्वाधार विकास

सिरहा । यहाँको लहान नगरपालिका-८ स्थित सिद्धार्थ आधारभूत विद्यालयमा बिहीबार

बाह्र वर्षपछि दोदा नदीमा पुल निर्माण

दोधारा चाँदनी । कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिका जोड्ने दोदा