१३ असार २०८३, शनिबार | June 27, 2026

बझाङमा ‘सेस्मोमिटर’ जडान


२३ आश्विन २०८०, मंगलबार  

234
Shares

बझाङ । बझाङमा भूकम्प मापकयन्त्र (सेस्मोमिटर) जडान गर्न सुरुआत गरिएको छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र खानी तथा भू–गर्भ विभागका भूगर्भविद्ले भूकम्पीय जोखिम भएका क्षेत्रमा थप सेस्मोमिटर जडान थालेका हुन् ।

सदरमुकाम चैनपुरमा आधार केन्द्र बनाएर चारै दिशामा सेस्मोमिटर जडान जारी रहेको नास्टका भूगर्भविद् डा शिव सुवेदीले जानकारी दिए । नहाँका अनुसार आइतबार तलकोट गाउँपालिकाको खौलाबजार, सोमबार सुर्मा गाउँपालिकाको दौलिचौरमा सेस्मोमिटर जडान गरिएको छ भने आज दक्षिणतर्फ जयपृथ्वी गाउँपालिकामा जडान गर्ने तयारी भइरहेको छ ।

चैनपुरमा आधार मानेर पूर्व–पश्चिम, उत्तर–दक्षिण गरी चारै दिशामा सेस्मोमिटर जडान गर्दा भूकम्पको केन्द्र, समय, रेक्टरस्केल पत्ता लगाउन सजिलो हुने सेस्मोमिटर जडान गरिएको भूगर्भ तथा खानी विभागका निर्देशक तथा वरिष्ठ भूगर्भविद् डा लोकविजय अधिकारीले बताए ।

उनका अनुसार बझाङमा खप्तडछान्नाको बयानामा मात्रै अहिलेसम्म सेस्मोमिटर जडान गरिएको थियो । “बयानाको सेस्मोमिटरले भूकम्प आएको चार–पाँच किलोमिटरसम्म टाढा केन्द्र भएको हुनसक्ने थाहा हुन्थ्यो । त्यो चार–पाँच किलोमिटर कतापट्टि हो भन्ने पनि ठम्याउन मुस्किल हुन्थ्यो । अब भूकम्प आइरहेको क्षेत्र बाहिर चारैतिर जडान गर्दा छिटो र यथार्थ पत्ता लगाउन सकिन्छ”, उनले भने ।

अधिकारीका अनुसार अहिलेसम्म नेपालभर ४२ स्टेशन (मापनयन्त्र) बनाएर भूकम्पको निगरानी गरिरहेको छ। “बझाङमा गएको मङ्गलबार यता करिब साढे चार सय पटक चैनपुर आसपासमै केन्द्र बनाएर भूकम्प गइसकेको छ । यसरी चारै दिशामा मापकयन्त्र राख्दा छिटो र कम त्रुटिमा पत्ता लगाउन जडान गरिएको हो”, उनले बताए ।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  १० : ३५ बजे

काठमाडौंमा बर्डफ्लु बढ्दै : एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

ललितपुर । काठमाडौं उपत्यकामा पछिल्लो तीन महिनायता देखिएको बर्डफ्लु (एच-फाइभ

न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा

काठमाडौं । न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम विश्वकप फुटबलको नकआउट चरणमा

धार्मिक दिब्यधाममा कृषि विकास बैंकले गरिदियो खानेपानीको प्रबन्ध

खजुरा । कृषि विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत बाँकेको

‘फोर्स जीप’ दुर्घटनामा आठ जना घाइते

रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका-६ डाँगीमोडस्थित राप्ती राजमार्गमा

इराकमाथि ५-० को फराकिलो जित, सेनेगलको नकआउट सम्भावना जीवित

काठमाडौं । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘आई’ को