२१ भदौ २०८३, आइतबार | September 6, 2026

कांग्रेस केन्द्रको निर्देशन विपरीत मेयरका आकांक्षीसँग २५ हजार रुपैयाँ असुल



पोखरा । नेपाली कांग्रेसले केही दिनअघि आकांक्षीसँग शुल्क नलिई नाम सिफारिस गर्न सर्कुलर पठाएको थियो । यसअघि पार्टीको चुनावमा मनपरी शुल्क असुलेपछि विवादमा परेको कांग्रेसले अहिले बेलैमा सचेत भएर आकांक्षीको नाम विना शुल्क सिफारिस गर्न निर्देशन दिएको हो ।

तर, कांग्रेसको पोखरा महानगर कमिटीले भने पार्टीको केन्द्रीय सर्कुलरविपरीत शुल्क उठाएको छ । मेयरलाई २५ हजार र उपमेयरलाई २० हजार दर्ता शुल्क तोकिएको छ । सचिव गणेशबहादुर थापाले यो शुल्क नभई पार्टीलाई सहयोगका रुपमा लिएको बताए ।

‘यो शुल्क होइन । फर्मको शुल्क जम्मा पाँँच सय रुपैयाँ तोकेका छौं । त्यसबाहेक उम्मेद्वारले पार्टीलाई सहयोग गरोस् भनेर लिएका हौं,’ उनले भने, ‘तिर्नैपर्छ भन्ने छैन । फार्म शुल्क बाहेक अरु नदिएपनि केही रोकतोक छैन ।’

उनले पार्टी सन्चालनका लागि कोष नभएकोले आन्तरिक स्रोत खोजी गरेको बताए । मेयरका लागि १० जनाभन्दा बढी आकांक्षी छन् भने उपमेयरमा झन् धेरैको चर्चा छ । कांग्रेसले पोखराको मेयर र उपमेयरका लागि आइतबार अपरान्ह ४ बजेसम्म नाम टिपाउन भनेको छ । अहिले मनोनयन दर्ता धमाधम भइरहेको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  ११ : ०० बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका