१४ असार २०८३, आइतबार | June 28, 2026

सूर्य नेपाल च्यालेञ्ज मंगलबारदेखि



काठमाडौ ।

प्रोफेसनल गल्फर एसोसियन नेपालको आयोजनामा भोलि मंगलबारबाट सूर्य नेपाल गल्फ टुर अन्र्तगतको सूर्य नेपाल च्यालेन्ज गल्फ प्रतियोगिता हुने भएको छ ।

सोमबार आयोजक प्रोफेसनल गल्फर एसोसियन नेपालले पत्रकार सम्मेलन गरेर एयरपोर्टको गल्फ कोर्समा चार दिन सम्म कुल ७२ होलको खेल हुने जानकारी दिएको हो ।

प्रतियोगितामा कुल ५६ खेलाडीले सहभागिता जनाउने छन । जसमा ३६ प्रोफेसनल र २० एमेच्योरले सहभागिता जनाउने नेपाल प्रोफेसनल गल्फर एसोसियनका महासचिव दीपक आचार्यले पत्रकार सम्मेलनमा जानकारी दिए ।

यस्तै प्रतियोगितामा बेलायतबाट खेल्दै आएका ७ जना खेलाडीले समेत प्रतिस्पर्धा गर्ने छन । प्रतियोगितामा साविक विजेता सुवास तामाङसँगै भुवन नगरकोटी, जयराम श्रेष्ठ, संजय लामा, रबि खडका, राम थापा लगायतका खेलाडीले सहभागिता जनाउने छन भने बेलायतबाट महेन्द्र फगामी, झमक लिम्बु, भक्त शेरचन, देव राना, बिष्णु थापा, राजु तामाङ र गजेन्द्र गुरुङले सहभागिता जनाउनेछन ।

शुक्रबारसम्म आयोजना हुने प्रतियोगिताको विजेताले १ लाख प्राप्त गर्दा उपविजेताले ६५ हजार रुपैयाँ पाउने छन । यस्तै तेस्रोले ४६ हजार प्राप्त गर्दा शीर्ष २१ मा रहने खेलाडीले समेत नगद पुरस्कार पाउने आयोजकले बताएको छ ।

एनपीजीए र आरएनजीसीका अध्यक्ष रवीन्द्रमान श्रेष्ठले भने, ‘प्रतियोगितामा प्रोफेसनल र एमेच्योर दुवैबाट स्कोरिङ कम हुन्छ जस्तो लाग्छ। खेलको विकासको लागि निरन्तर सहयोगको लागि म हाम्रो प्रायोजकलाई हृदयदेखि धन्यवाद भन्न चाहन्छु।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  ५ : ५८ बजे

फ्रान्समा गर्मीका कारण थप एक हजार जनाको मृत्यु

पेरिस । पश्चिमी युरोपको ठूलो भागमा उष्ण लहरका कारण अपेक्षा

शिक्षालाई अनुसन्धान, नवप्रवर्तन र ‘डिजिटल’ प्रविधिसँग जोड्नुपर्नेमा उपराष्ट्रपतिको जोड

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले शिक्षालाई अनुसन्धान, नवप्रवर्तन र ‘डिजिटल’

प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित

काठमाडौं । प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८३ पारित भएको छ ।

तिनाउ खोलाको बाढीमा फसेका व्यक्ति सकुशल उद्धार

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका-४ डिङ्गारनगरस्थित तिनाउ खोलामा आएको बाढीले

संसद्‍मा एमालेले भन्यो- विष्णु पौडेललाई प्रतिशोधका आधारमा सरकारले पक्राउ गर्‍याे

काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलको