३ पुस २०८२, बिहिबार | December 19, 2025

प्रतिबन्धित क्रिप्टोकरेन्सी कारोबार गर्ने ३ जना पक्राउ



काठमाडौं । प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोबार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको महाबौद्ध, न्यूरोड र कलंकी क्षेत्रबाट क्रिप्टोको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा खटिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा झापा बिर्तामोड नगरपालिका १ घर भई हाल काठमाडौंको सोह्रखुट्टे बस्ने २२ वर्षीय अनुप मिश्र, काभ्रेपलाञ्चोक पनौती नगरपालिका १ घर भई हाल काठमाडौंको क्षेत्रपाटी बस्ने २४ वर्षीय दिपेश थापा र काठमाडौंको बाफलका २७ वर्षीय राहुल चचान रहेका छन् ।

अनुसन्धानको क्रममा उनीहरुले अहिलेसम्म ६६ करोड ७९ लाख ७९ हजार ९८३ रुपैयाँ बराबरको कारोबार गरेको देखिएको प्रहरीले जनाएको छ । पक्राउ परेका मध्ये अनुपले सन् २०२१ को मे देखि हालसम्म विभिन्न २० वटा क्रिप्टोकरेन्सीबाट ३५ करोड ४६ लाख ८३ हजार ६११ रुपैयाँ बराबरको कारोबार गरेको देखिएको छ । उनको बिनान्स एकाउण्टमा १२ हजार ८३२ अमेरिकी डलर बराबरको ०.३१७३६९१९ बिट क्वाईन मौज्दात रहेको देखिएको छ ।

त्यस्तै राहुलले करिब एक वर्ष अघिदेखि हालसम्म ६ करोड ५३ लाख ३९ हजार ४३९ रुपैयाँ बराबरको कारोबार गरेको देखिएको छ । उनीसँग हाल बिनान्स एकाउन्टमा ६५१ अमेरिकी डलर बिट क्वाइन मौज्दात रहेको देखिएको छ ।

उनीहरुले दैनिक पाँच हजारदेखि ५० हजार सम्म यूएसडीटी को कारोबार गर्ने गरेको, त्यस्ता क्रिप्टोहरु वानएक्स बेट, हाइपर फण्ड लगायत अनलाइन प्लेटफर्महरुमा लगानी गर्ने गरेको देखिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

साथै व्यापारिक प्रयोजनका सामाग्रीहरु विदेशबाट आयात गर्दा समेत अनलाइन मार्फत क्रिप्टोकै रुपमा पेमेन्ट गर्न प्रयोग गर्ने गरेका थिए । अवैध भएकाले क्रिप्टोको कारोबार गर्ने व्यक्तिहरुले आफ्नो पहिचानन गोप्य राखी अन्य सयौं व्यक्तिहरुको प्रयोगगरी तिनका नाममा बैंक खाता र बिनान्स एकाउण्ट खोल्न लगाई निश्चित रकमको कमिसन प्रलोभन देखाई क्रिप्टो व्यापार गर्न प्रोत्साहित गर्ने गरेको देखिएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  ६ : ५० बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको