२८ बैशाख २०८३, सोमबार | May 11, 2026

क्रिप्टो कारोबार : आरोपी प्रहरीमाथि अनुसन्धान गरी कारबाही गर्न सिफारिस



काठमाडौं । क्रिप्टो कारोबारीसँग रकम असुलेको आरोप लागेका प्रहरी परिसर काठमाडौँका दुई प्रहरीमाथि थप अनुसन्धान गरी कारबाही गर्नुपर्ने छानबिन समितिले निष्कर्ष निकालेको छ ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयले प्रहरी उपरीक्षक प्रजित केसीको नेतृत्वको गठित छानबिन समितिले तयार पारेको प्रतिवेदनमा उनीहरूमाथि थप अनुसन्धान गरी कारबाही गर्न सिफारिस गरेको हो ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले क्रिप्टो कारोबारीसँग सम्पर्क रहेको पाएपछि समिति बनाएर अनुसन्धान गरिएको र आज थप अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाउन भन्दै परिसरमा प्रतिवेदन पठाइएको जानकारी दिए ।

यसरी अनुसन्धान गरिएकामा प्रहरी हवल्दार गणेश खड्का र जवान साजन शर्मा रहेका छन् । उनीहरूमाथि पक्राउ परेका क्रिप्टो कारोबारीलाई ५० लाख असुलेर छाडेको आरोप लागेको छ ।  उनीहरु दुबै जना जिल्ला प्रहरी कार्यालय काठमाडौंमा कार्यरत छन् ।

सो विषयमा परिसरले पनि प्रहरी उपरीक्षक नवराज अधिकारी नेतृत्वका छानबिन समिति बाएर अनुसन्धान गरेको थियो । क्रिप्टो कारोबारी अहिले फरार रहेकाले उनी पक्राउ परेपछि अझै थप कुरा खुल्ने पनि उपत्यका प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  १० : ४२ बजे

विपद्बाट यसवर्ष १९ लाख बढी प्रभावित हुन सक्ने अुनमान

काठमाडौँ । यसवर्षको मनसुन अवधिमा देशभर औसतभन्दा कम वर्षा हुने

सुशासनको साझा लक्ष्य प्राप्तिका लागि पूर्वाग्रहभन्दा माथि उठौँ : अध्यक्ष दाहाल

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले जनताको हित, समृद्धि र

प्रतिनिधिसभा बैठक : आठ अध्यादेश पेस

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न आठ अध्यादेश पेस भएका

मिडिया मन्थन तथा राष्ट्रिय सञ्चार सम्मेलन २०८३ बाट १५ बुँदे बुटवल घोषणापत्र जारी

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा बुटवलमा सम्पन्न “मिडिया

विद्यार्थी संगठनमाथिको प्रतिबन्धमा सर्वोच्चको अल्पकालीन आदेश

काठमाडौं । सर्वोच्च अदालतले विश्वविद्यालयमा विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाउने सरकारको