८ बैशाख २०८१, शनिबार | April 20, 2024

अब मेलम्चीको पानी घरघरमा



काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पानी सोमबार सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा आइपुगेको छ ।

मेलम्चीको मुहानबाट सुरुङमा प्रतिसेकेन्ड औसत २७५ लिटर छाडेको पानी ६ दिनपछि सुन्दरीजल आइपुगेको हो । अब उक्त पानी सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा केही दिन सञ्चय गरिने छ र प्रशोधनपछि धारामा पठाइने छ ।

प्रशोधन केन्द्रको प्राविधिक परीक्षण तथा पानीको गुणस्तर जाँच गरी आगामी आइतबारदेखि घरायसी धारामा पानी वितरण गर्ने तालिका समेत तय भएको छ । खानेपानीमन्त्री उमाकान्त चौधरीले मेलम्चीको पानी वैशाख ११ गतेदेखि काठमाडौं उपत्यकाका घरघरका धारामा आउने भएकाले वितरणको तयारीमा जुट्न सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १७ औँ वार्षिकोत्सवका अवसरमा सोमबार आयोजित विशेष कार्यक्रममा मन्त्री चौधरीले मेलम्चीको पानी उपभोग गर्ने काठमाडौं उपत्यकावासीको चाहना आगामी आइतबारदेखि पूरा हुने बताएका हुन ।

मन्त्री चौधरीले मेलम्चीको पानी समानुपातिक ढङ्गले उपत्यकाका सबै क्षेत्रमा वितरण गर्न पाइपलाइनको परीक्षण र चुहावट नियन्त्रणका लागि विशेष पहल गर्नु काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) र आयोजना कार्यान्वयन निर्देशनालयलाई निर्देशन दिए । उनले मेलम्चीको वैकल्पिक स्रोतका रूपमा सिस्नेरी र ठोस्नेबाट पानी वितरण गर्नसकिने विषयमा अध्ययन भइरहेको पनि जानकारी दिए ।

मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक वासुदेव पौड्यालले सुरुङ मार्ग हुँदै प्रशोधन केन्द्रमा जम्मा भएको पानी परीक्षणपछि आइतबारदेखि उपत्यकामा वितरण गरिने जानकारी दिए । पौड्यालले भने, “सुन्दरीजलदेखि मेलम्चीको अम्बाथानसम्मको सुरुङको तह पानीले भरिएको छ । आइतबारसम्म प्रशोधन केन्द्रमा पानी भरिएसँगै वितरण हुन्छ ।” आजको गोरखापत्र दैनिकमा मित्र भण्डारीले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ७ : ०७ बजे

सार्वजनिक जग्गा संरक्षणमा लाग्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक जग्गा साविककै अवस्थामा फिर्ता

पाल्पामा जन्ती बोकेको जीप दुर्घटना हुदाँ १० घाइते

पाल्पा । पाल्पामा सवारी दुर्घटना परी १० जना घाइते भएका

हामीलाई कसैले कमजोर ठान्ने उथलपुथल हुन्छ : माधव नेपाल

राैतहट । नेकपा एकिकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या