१५ माघ २०८२, बिहिबार | January 29, 2026

भागबन्डा नमिल्ने संकेतपछि एमालेसँग आन्तरिक छलफलमा सत्तारुढ दल



गोरखा । गोरखामा चुनावी तालमेलका लागि कांग्रेस सभापति नन्दप्रसाद न्यौपानेको संयोजकत्वमा बनेको जिल्लास्तरीय संयन्त्रको बैठक १८ चैतदेखि औपचारिक रूपमा ६ पटक बसिसक्यो । तर, पटकपटक बसेको बैठकले सिट बाँडफाँटमा सहमति जुटाउन नसक्दा विनानिष्कर्ष बैठक टुंगिने गरेको छ ।

भागबन्डाको विषयमा कुरा नमिल्दा सत्तारुढ दलबीच चुनावी तालमेल हुने सम्भावना न्यून बन्दै गएको संयन्त्रका जिल्लास्तरीय नेताहरु बताउँछन् । ११ स्थानीय तहमध्ये नौ पालिका प्रमुख जितेको नेपाली कांग्रेसले यसअघि विजयी भएका नौवटै पालिका दाबी गर्दै आएको छ ।

दुई नगरपालिकासहित ११ वटा स्थानीय तह रहेको गोरखामा कांग्रेसले अघिल्लो चुनावमा जितेको नाै पालिकामा अडान छाडेको छैन । हाल दुई पालिकाको नेतृत्व सम्हालिरहेको माओवादीले जिल्ला समन्वय समितिको प्रमुखसहित पाँच पालिका पाउनुपर्ने अडान राखेको छ ।

यस्तै, जसपाले अहिले पालुङटार नगरपालिकासहित तीनवटा पालिका पाउनुपर्ने माग राखेको छ । गठबन्धनको मर्म र भावनाअनुरूप सहअस्तित्वको आधारमा कम्तीमा एक पालिका प्रमुख पाउनुपर्ने एकीकृत समाजवादीले बताउँदै आएको छ ।

यद्यपि पटकपटक बैठक बसे पनि सबै दल आ-आफ्नो अडानबाट पछाडि नहट्दा चुनावी तालमेलको सम्भावना न्यून हुँदै गएको हो । ‘सबै दलहरूको अडान कायमै छ । कुनै दल लचिलो हुने, कम्प्रमाइज गर्ने जस्तो संकेत नै देखिँदैन । सबैले आफ्नो अडान कायमै राखेपछि त कसरी गठबन्धन हुन्छ त ?’, सत्तारुढ दलका एक नेताले भने ।

भागबन्डामा सहमति जुट्ने संकेत नदेखिएपछि सत्तारुढ दलका नेताहरू गठबन्धन तोडेर एमालेसँग तालमेल गर्ने विषयमा आन्तरिक छलफल गर्न थालेका छन् । कांग्रेस, माओवादी, जसपाका जिल्लास्तरीय नेताहरू गठबन्धनमा भागबन्डाको कुरामा सहमति नजुटेपछि विकल्पको रूपमा एमालेसँग आन्तरिक छलफलमा बस्न थालेका हुन् ।

चुनावी तालमेल र सहकार्यका विषयमा सत्तारुढ दलका नेताहरू आफूहरूसँग निरन्तर आन्तरिक छलफलमा बसिरहेको एमालेका जिल्ला अध्यक्ष प्रेम गुरुङ बताउँछन् ।

‘हामी सँग चुनावी सहकार्य गर्ने, तालमेल गर्ने विषयमा सबै दलहरूसँग छलफलमा बसिरहेका छौँ । उहाँहरूबीच खटपट चलिरहेकै छ ।

हामीसँग जनताको भावना र मर्म बुझेर विकास र समृद्धिको यात्रामा सहकार्य गर्न यदि कुनै दल तयार हुन्छन् भने हामी तालमेल गर्न तयार नै छौँ’, अध्यक्ष गुरुङले भने ।

 

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  १२ : ३७ बजे

निर्वाचनका लागि भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छ : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुत बनाई

पर्सा निकुञ्जमा बाघ गणना थालियो

वीरगञ्ज । चितवन र पर्सा राष्ट्रिय निकुञ्जको तेस्रो खण्ड (ब्लक)मा

मधेस प्रदेशका एकहजार दुई सय ४६ मतदानस्थल अति संवेदनशील

जनकपुरधाम । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मधेस

अवरुद्ध कागबेनी-मुक्तिनाथ सडकको हिउँ पन्छ्याउन सुरु

मुस्ताङ । भारी हिमपातका कारण अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक खुलाउन पहल

आन्तरिक उडान सुचारू

काठमाडौँ । आज बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोको कारण