२६ असार २०८३, शुक्रबार | July 10, 2026

गठबन्धन टुटाउने षड्यन्त्र भैरहेको छ, चनाखो बनौं : प्रधानमन्त्री देउवा



काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन टुटाउन अनेक षड्यन्त्र भइरहेको दाबी गरेका छन् ।

नेपाल विद्यार्थी संघको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले गठबन्धन तोड्ने षडयन्त्र भइरहेको दाबी गरेका हुन् । देउवाले भने, ‘यो गठबन्धन टुटाउने षडययन्त्र भइरहेको छ । यो गठबन्धन नभए हाम्रो त्यस्तै हालत हुने हो । संविधानअनुसार कुनै पनि एक्लै पार्टीको बहुमत आउने सम्भावना छैन । कसै न कसैसँग त गठबन्धन गर्नुपर्छ ।’

अहिलेको अवस्थामा कुनै पनि हालतमा गठबन्धन तोड्न नहुने पक्षमा आफू रहेको प्रष्ट पारे । अहिले कुनै पनि दलले बहुमत ल्याउन सक्ने अवस्था नभएकोले गठबन्धन गर्नैपर्ने जिकिर गरे । उनले भने, ‘गठबन्धन भएपछि गिभ एण्ड टेक हुन्छ । सबै तपाईंलाई दिन गठबन्धन गरेका होइनन् ।’

देउवाले थपे, ‘हामी संसदीय चुनावमा हारेको हो । अहिले गठबन्धनले धेरै ठाउँमा हाम्रो सरकार छ । धेरै ठाउँमा मुख्यमन्त्री र मन्त्री छन् । धेरै ठाउँमा हामीले भाग पाएका छौं । के बिगारेँ मैले रु मैले कांग्रेसलाई सरकारमा ल्याउनु गल्ती हो भने मैले गल्ती गरेको भन्नुपर्छ । धन्यवाद र बधाई दिनुपर्नेमा !’

 

 

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  १ : १२ बजे

एक वर्षमा १० भारतीयसहित १६ जनाको लेक लागेर मृत्यु

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा चालु आर्थिक वर्ष २०८२/०८३ को

‘कालो चस्मा खोल्ने बेला आयो’ : गणेश नेपाली प्रकरणमा प्रधानमन्त्रीमाथि कांग्रेसको कडा प्रश्न

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आत्मदाह गरेका मुगुका

बाँकेमा सात हजारभन्दा बढी मेट्रिक टन मल वितरण

नेपालगन्ज । चालु आव २०८२/८३ मा बाँकेका सबै स्थानीय तहमा

माकलबारीमा अक्सिजन सिलिन्डर विष्फोट हुँदा पैदलयात्रीको मृत्यु

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–४ माकलबारीमा आज बिहान अक्सिजन सिलिन्डर विष्फोट

अनुमतिबिना विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्नेलाई कारबाहीको चेतावनी

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले ए–लेभल, सिबिएसइ, आइबिडिपीलगायत विदेशी