१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

गठबन्धनको शक्ति देखेर केपी ओली थरथरी कामेका छन् : रामचन्द्र पौडेल



नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धनको शक्ति देखेर एमाले अध्यक्ष केपी ओली थरथरी कामेको बताएका छन् ।

मंगलवार नेपाल विद्यार्थी संघको ५३ औँ स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले गठबन्धनको शक्ति देखेर नेकपा(एमाले)का अध्यक्ष केपी ओली थरथरी कामेको बताएका हुन् ।

सत्तारुढ गठबन्धनबाट हतास भएर ओली प्रतिगामी र अवसरवादी तत्वहरुसँग हातेमालो गर्न पुगेको बताए । वरिष्ठ नेता पौडेलले वर्तमान सत्तारुढ गठबन्धन सत्ताको लागि नभई व्यवस्थाको लागि बनेको बताए । लोकतन्त्र, नेपालको परिवर्तनहरुलाई बचाउनका लागि र देशलाई अग्रगामी बाटोमा रुपान्तरण गर्नका लागि गठबन्धन बनेको उनले स्पष्ट पारे । उनले गठबन्धनका दलहरुले आ–आफनो हैसियत र दायित्व बुझेर आगामी निर्वाचनहरुसम्म एकतावद्ध भएर जानुपर्ने बताए । पौडेलले भने – ‘अहिलेपनि लोकतन्त्र सुनिश्चित भएको छैन । अहिलेपनि लोकतन्त्रको लागि लडने लडाइँ बाँकी छ । त्यसोभएको हुनाले हामी सबैले सजग भएर यहाँ भइरहेका षडयन्त्रहरु, लोकतन्त्र उल्टयाउने षडयन्त्रहरु, यो परिवर्तनलाई उल्टयाउने षडयन्त्रहरु, र नेपाली जनताको भाग्यमाथि खेलवाड गर्ने षडयन्त्रहरु, नेपालको राष्ट्रिय एकता, नेपालको राजनीतिक स्थायित्व, नेपालमा सुशासन, प्रगति, नेपालको विकासलाई रोक्ने शक्तिहरु सबैको विरुद्ध सजग हुनुपर्ने, सतर्क हुनुपर्ने आवश्यकता छ । अहिले गठबन्धन जो छ सत्ताको लागि होइन । व्यवस्थाको लागि गठबन्धन हो । यो कुरा बुझनुहोला । यो गठबन्धन शेरबहादुरलाई प्रधानमन्त्री बनाउनको लागि मात्र होइन, यो गठबन्धन नेपालमा लोकतन्त्र बचाउनको लागि र नेपालको परिवर्तन बचाउनको लागि, नेपाललाई अग्रगामी बाटोमा रुपान्तरण गर्नको लागि यो गठबन्धन हो । त्यसकारण यो गठबन्धनको अहिले शक्ति देखेर केपी ओली आज थरथरी काँपेका छन । केपी ओली हतास भएका छन । र हतास अभिव्यक्ति दिइरहेका छन । र जस्ता तत्वसँग पनि हालेमालो गर्न पुगेका छन । यो भ्रष्ट तत्वहरु, प्रतिगामीहरु र अवसरवादीहरुसँग मिलेर आज केपी ओली कहीँ नपाएर यस्ता–यस्ता तत्वको शरणमा पुगिरहेका छन र एलायन्स गरिरहेका छन । यिनले अहिले भर्खरै यही हप्ता गरेका घटनाहरुलाई याद गर्नुहोस । कस्ता कस्ता तत्वसँग हातेमालो गरेर केपी ओली साहारा लिएर बच्न चाहिरहेका छन । त्यसो भएको हुनाले यो गठबन्धन वास्तवमा लोकतन्त्रको लागि हो । यो गठबन्धन परिवर्तनको लागि हो । र यो परिवर्तनलाई बचाउनको लागि हो । यतिकुरा बुझेपछि यो परिवर्तनलाई जोगाउने कुरामा सर्तक रहन र परिवर्तनलाई, म भन्न चाहान्छु गठबन्धनका सदस्यहरुलाई पनि सबैले आ–आफनो हैसियत बुझेर, आ–आफनो दायित्व बुझेर स्थानीय निर्वाचन, आउँदा चुनावहरु पनि सफल पार्नको लागि एकतावद्ध भएर जानु छ । र नेपालमा लोकतन्त्र साकार पार्नुछ ।’

पौडेलले नेविसंघलाई पदाधिकारीसहितको कमिटी बनाएर पुर्णता दिनुपर्ने बताए । उनले आठ कक्षा भन्दा माथिका सम्पूर्ण विद्यार्थीहरुलाई नेविसंघको सदस्य बनाएर प्रजातन्त्रको पहरेदार जन्माउनुपर्ने बताए ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ३ : २९ बजे

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना