१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

चितवन कांग्रेसका सभापति खनाललाई देउवाले भने:- गठबन्धनलाई निरन्तरता दिन भरतपुर माओवादीलाई छाड्नु पर्‍यो



चितवन । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र चितवन कांग्रेसका सभापति राजेश्वर खनालबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भेट भएको छ ।

भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवारको विषयमा कुरा गर्न देउवाले खनाललाई बालुवाटार बोलाएका थिए । भेटका क्रममा प्रधानमन्त्री देउवाले सत्ता गठबन्धनलाई निरन्तरता दिन भरतपुरको मेयर नेकपा माओवादी केन्द्रलाई छाड्नुपर्ने अवस्था आएको बताएको चितवन कांग्रेस सभापति खनालले जानकारी दिए ।

केन्द्रीय समितिको निर्णयलाई आफूले मान्ने तर कार्यकर्ताको भावना माओवादी केन्द्रलाई छाड्ने नरहेको आफूले देउवालाई बताएको खनालले जनाए ।

‘सत्ता गठबन्धनलाई निरन्तरता दिन भरतपुर माओवादीलाई छाड्नु पर्ने अवस्था आएको कुरा उहाँले भन्नुभयो,’ उनले भने, ‘मैले चाँही कार्यकर्ताको भावना यस्तो छैन । मैले केन्द्रीय समितिको निर्णय मानौँला, कार्यकर्तालाई मनाउन मैले सक्दिन, तपाइँले नै मनाउनुस् भनेको छु ।’

देउवाले भरतपुरको मेयरमा माओवादीलाई सहयोग गर्न खनाललाई आग्रह पनि गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अरु महानगरभन्दा भरतपुरनै सजिलो हुने बताएकाले भरतपुरनै छाड्ने निर्णयमा देउवा पुगेका छन् ।

अघिल्लो स्थानीय तह निर्वाचनमा पनि कांग्रेसले भरतपुर महानगरको मेयरमा माओवादी केन्द्रलाई सहयोग गरेको थियो । मेयरमा माओवादी केन्द्रबाट रेणु दाहाल विजयी भएकी थिइन् ।

त्यसपछि भएको प्रतिनिधि सभा निर्वाचनमा निर्वाचन क्षेत्र नम्बर ३ मा कांग्रेसले राप्रपाका विक्रम पाण्डेलाई सहयोग गरेको थियो । तर, पाण्डे निर्वाचित हुन सकेनन् । वाम गठबन्धनका उम्मेदवार प्रचण्ड विजयी भएका थिए ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ३ : ५५ बजे

दाङमा धारिलो हतियार प्रहार गरि श्रीमानले गरे श्रीमतीको हत्या

दाङ । दाङमा श्रीमानको धारिलो हतियार प्रहारबाट श्रीमतीको हत्या भएको

बुटवलमा भोलीदेखी दुई दिने बि-टु-सी समिट हुँदै

बुटवल । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ रूपन्देहीको आयोजनामा सूचना

सञ्चयकर्ता तथा योगदानकर्ताको खातामा मुनाफाको रकम जम्मा

काठमाडौँ । कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्ष २०८१/८२ मा

जाँदाजाँदै प्रधानमन्त्रीको बिदाइ सम्बोधन (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री पदबाट बिदा हुने पूर्वसन्ध्यामा

वर्तमान निर्वाचन प्रणालीले कुनै दलले बहुमत ल्याउँदैन भन्ने भाष्यलाई गलत साबित : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान निर्वाचन प्रणालीमा कुनै दलले