१२ चैत्र २०८२, बिहिबार | March 27, 2026

कांग्रेस कास्कीका नेता थापाले देउवासँग भने:- हाम्रो ६० हजार मतको अपमान नगरियोस्



काठमाडौं । नेपाली कांग्रेस कास्कीले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग आफ्नो ६० हजारभन्दा बढी मत अल्पमतमा दिन नसकिने बताएका छन् ।

विगतमा पनि पोखरा महानगरपालिकामा कांग्रेसमाथि अन्याय भएकोले यसपटक भने गठबन्धनमा आफ्नो पार्टीको दाबी प्रस्तुत गर्न आग्रह गरेका थिए ।

कास्की कांग्रेस नेताले देउवासँगको भेटमा पोखरामा ६० हजारभन्दा बढी मत कांग्रेसको रहेको बताएका थिए । ‘पोखरामा कांग्रेसको नेतृत्वमा निर्वाचनमा जाँदा गठबन्धनलाई जिताउन सजिलो हुन्छ भन्ने कुरा हामीले प्रष्टसँग राखेका छौँ । यसमा सभापति ज्यूले निर्णय गर्न मलाई नि गाह्रो छ भन्नुभएको छ । त्यस्तो अप्रिय निर्णय आउँला भन्ने हामीले कल्पना पनि गरेका छैनौँ ।’ नेता थापाले भने ।

कांग्रेसको भागमा पोखरा नपरे के गर्ने भन्ने प्रश्नमा देउवाले चित्त बुझ्दो जवाफ दिन नसकेको उनको भनाइ छ । ‘हाम्रो ६० हजारभन्दा बढी मत सुरक्षित छ । ६० हजार मतलाई कम मतमा भोट दिनुहोस् भन्न अप्ठ्यारो हुन्छ । यो कुरा हामीले सभापति ज्यूलाई प्रष्ट्याएका छौँ । यसमा म हेर्छु भन्नुभएको छ ।’ नेता थापाले भने ।

 

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ४ : ०९ बजे

दाङमा धारिलो हतियार प्रहार गरि श्रीमानले गरे श्रीमतीको हत्या

दाङ । दाङमा श्रीमानको धारिलो हतियार प्रहारबाट श्रीमतीको हत्या भएको

बुटवलमा भोलीदेखी दुई दिने बि-टु-सी समिट हुँदै

बुटवल । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ रूपन्देहीको आयोजनामा सूचना

सञ्चयकर्ता तथा योगदानकर्ताको खातामा मुनाफाको रकम जम्मा

काठमाडौँ । कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्ष २०८१/८२ मा

जाँदाजाँदै प्रधानमन्त्रीको बिदाइ सम्बोधन (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री पदबाट बिदा हुने पूर्वसन्ध्यामा

वर्तमान निर्वाचन प्रणालीले कुनै दलले बहुमत ल्याउँदैन भन्ने भाष्यलाई गलत साबित : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान निर्वाचन प्रणालीमा कुनै दलले