५ पुस २०८२, शनिबार | December 20, 2025

मैत्रीपूर्ण फुटबलमा सेनासँग पत्रकारको टिम पराजित



काठमाडौं । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । २०५८ सालमा चैत २० गते जनसम्पर्क तथा सूचना निर्देशनालयको स्थापना भएको थियो ।

२१ औं स्थापना दिवशका अवसरमा भएका विभिन्न कार्यक्रमको मंगलबार समापन गरिएको छ । जंगी अड्डास्थित सभामण्डलमा प्रधानसेनापति प्रभुराम शर्माले विभिन्न प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गरेका छन् ।

स्थापना दिवशको अवसरमा जनसम्पर्क तथा सूचना निर्देशनालय र रक्षा संवाददाताबीच मैत्रिपूर्ण फुटबल समेत भएको छ। सैनिक मैदानमा भएको खेलमा सेनाको टोलीले पत्रकारलाई ७–५ गोल अन्तरले पराजित गर्यो ।

खेलको सुरुवातमा पत्रकारको टिमले ४–१ को अग्रता लिएपनि दोश्रो हाफमा सेनाले थप ६ गोल गर्यो । सेनाका लागि सेनानी विदुरध्वज अधिकारी र सेनानी सौगात सिंह राठौरले समान दुई गोल गरे ।

महासेनानी सरोजकुमार अधिकारी, सहसेनानी सञ्जय शिलवाल र सिपाही धर्मराज छालाले एक गोल थपे ।

पत्रकारका लागि अभिनव जोशीले ४ गोल र कप्तान उजिर कार्कीले १ गोल गरे । जोशीले पहिलो हाफमै ह्याट्रिक पूरा गरे पनि हारबाट जोगाउन सकेनन् ।

स्थापना दिवशमा नेपाली सेना लघु चलचित्र, फोटो प्रतियोगिता, फोटो तथा विभिद प्रदर्शनी, सिपाही २०७८ र शिवपुरी जर्नल २०२२ का उत्कृष्ठ लेखलाई पुरस्कृत गरिएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ८ : ३८ बजे

फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल

देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय