७ आश्विन २०८३, बुधबार | September 23, 2026

बझाङमा गठबन्धनमा सहमति : गठबन्धनका ३ दल मिलेर चुनाव लड्ने



धनगढी । सत्तारुढ गठबन्धनले सुदूरपश्चिमको पहाडी जिल्ला बझाङमा चुनावी तोलमेलका लागि स्थानीय तहमा भागबण्डाको टुङ्गो लगाएको छ ।

सत्तारुढ दलमध्ये बझाङमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नकपा एकीकृत समाजवादी पार्टीबीच मात्रै भागबण्डा भएको हो ।

१२ स्थानीय तह रहेको बझाङमा बुधबार तीन दलबीच भएको सहमति अनुसार दुई नगरपालिकासहित नेपाली कांग्रेसले ७, नेकपा माओवादी केन्द्रले २ र एकीकृत समाजवादी पार्टीले तीन स्थानीय तहको नेतृत्व पाउने छ ।

नेपाली कांग्रेसले बझाङका दुई वटै नगरपालिका (जयपृथ्बी नगरपालिका र बुंगल नगरपालिका) सहित मष्टा गाउँपालिका, खप्तडछान्ना गाउँपालिका, वित्थडचिर गाउँपालिका, सुर्मा गाउँपालिका र साइपालका गाउँपालिकाको नेतृत्व पाउने भएको छ ।

यसैगरी नकपा माओवादी केन्द्रले छबिसपाथिभेरा गाउँपालिका र दुर्गाथली गाउँपालिकामा नेतृत्व पाउने सहमति भएको हो । एकीकृत समाजवादी पार्टीले बझाङको तलकोट गाउँपालिका, केदारस्युँ गाउँपालिका र थलारा गाउँपालिकाको प्रमुख पदमा आफ्ना उम्मेदवार छनोट गर्ने सहमति भएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ८ : १३ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११