२० मंसिर २०८२, शनिबार | December 6, 2025

सिट भागबन्डामा कांग्रेसको हात माथि



काठमाडौं । सत्तारूढ पाँच दलले स्थानीय तह निर्वाचनका लागि ६ महानगरपालिका र ११ उपमहानगरपालिकाको मेयर र उपमेयर पद भागबन्डा गरेका छन् ।

बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि महानगर र उपमहानगरतर्फको मेयर र उपमेयरको सिटमा भागबन्डा गरेका हुन् ।

गठबन्धनका तर्फबाट साझा उम्मेवार उठाउनेगरी ६ महानगर र ११ उपमहानगरको मेयर र उपमेयरमा भागबन्डाको लिखित सहमति भएको कांग्रेस नेता रामचन्द्र पौडेलले जानकारी दिए ।

जसअनुसार कांग्रेसले विराटनगर, काठमाडौं र ललितपुरको मेयर तथा वीरगन्ज, भरतपुर र पोखरा महानगरपालिकाको उपमेयर पद पाएको छ ।

यसैगरी, नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिकाको मेयर र ललितपुरको उपमेयर भाग पाएको छ भने नेकपा एकीकृत समाजवादीले पोखरा महानगरपालिकाको मेयर र काठमाडौं महानगरपालिकाको उपमेयर पाएको छ । यसैगरी, जनता समाजवादी पार्टीले वीरगन्जको मेयर र विराटनगरको उपमेयर पाएको छ ।

यसैगरी, ११ उपमहानगरपालिकाको भागबन्डा गर्दा कांग्रेसले धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगन्ज, धनगढी गरी सात उपमहानगरको मेयर पद पाएको छ भने जितपुर सिमरा, घोराही र हेटौंडा गरी तीन उपमहानगरको उपमेयर कांग्रेसको भागमा परेको छ ।

माओवादी केन्द्रले जितपुर सिमरा र घोराही उपमहानगरपालिकाको मेयर पद भाग पाउँदा धरान र धनगढीको उपमेयर पाएको छ ।

यस्तै, नेकपा एकीकृत समाजवादीले हेटौंडा उपमहानगरपालिकाको मेयर पद पउँदा इटहरी, बुटवल र तुलसीपुरको उपमेयर उसको भागमा परेको छ । यसैगरी, जसपाको भागमा जनकपुर उपमहानगरपालिकाको मेयर र कलैया र नेपालगन्जको उपमेयर परेको छ ।

सत्तारूढ गठबन्धनको आइतबारदेखि भागबन्डाको बैठक नेपालगन्ज उपमहानगरपालिकाको मेयरको भागबन्डा नमिल्दा मंगलबार राति २ बजेसम्म बसेको बैठकमा सहमति भएको थिएन ।

बुधबार बसेको सत्तारूढ दलको शीर्ष नेताको बैठकले नेपालगन्जको मेयरको उम्मेदवार नेपाली कांग्रेसले पाउनेगरी सहमति जुटाएको हो । जनकपुरमा जसपालाई दिएपछि गठबन्धनमा उपमहानगरतर्फको भागबन्डा मिलेको हो ।

देशभरका ६ महानगर र ११ उपमहानगरको मेयर र उपमेयरको भागबन्डाको अवस्था हेर्दा गठबन्धनमा कांग्रेस बढी नाफामा देखिएको छ । २०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसले दुईवटा मात्रै महानगरपालिकाको नेतृत्व हात पारेको थियो । त्यसबखत ६ महानगरपालिकामध्ये ललितपुर र विराटनगरको प्रमुख कंग्रेसले जितेको थियो ।

तर, अहिले कांग्रेसले गठबन्धनको भागबन्डामा काठमाडौंसहित तीनवटा महानगरपालिकामा मेयरको टिकट आफ्नो पोल्टामा पारेको हो । कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगरको मेयर पद लिएको हो । यस्तै, २०७४ मा नेकपा एमालेले जितेको पोखरा महानगरपालिकाको उपमेयरको टिकट पनि कांग्रेसले नै पाउने भएको छ ।

यसैगरी, सातवटा उपमहानगरपालिकाको प्रमुख पदको टिकट पनि कांग्रेसको भागमा परेको छ । यीमध्ये तीनवटा उपमहानगरमा कांग्रेसले अघिल्लो निर्वाचनमा जितेको थियो । त्यसमा चारवटा थप गर्दै कांग्रेसले सातवटा महानगरको टिकट आफ्नो भागमा पारेको हो ।

२०७४ मा धरान, धनगढी र कलैया उपमहानगरपालिकाको मेयर पद कांग्रेसले जितेको थियो । हाल भने इटहरी, बुटवल, तुलसीपुर र नेपालगन्ज महानगरपालिकाको मेयर कांग्रेसले पाएको हो । आजको राजधानी दैनिकमा महेश्वर गौतमले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहिबार  ७ : ११ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले