६ पुस २०८२, आइतबार | December 22, 2025

वीरगन्जमा एमाले र लोसपाबीच गठबन्धन



वीरगन्ज । स्थानीय निर्वाचनमा गठबन्धन गर्नु गलत भएको निष्कर्ष सहित चुनावी दौडमा निस्केको नेकपा एमालेले वीरगन्जमा भने लोकतान्त्रिक समाजवादी पार्टीसँग गठबन्धन गर्ने भएको छ । चुनावी सभाहरुमा एमाले एक्लैले गठबन्धनलाई हराउन सक्ने उदघोष गर्दै हिँडेका एमाले नेताहरुले वीरगन्ज महानगरपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग गठबन्धन गर्न थालेका हुन् ।

३० वैशाखमा हुने चुनावमा वीरगन्जको मेयरमा एमालेका विजयकुमार सरावगी उम्मेदवार बन्ने भएका छन् भने उपमेयरमा लोसपाका पुरूषोत्तमलाल झा उम्मेदवार हुनेछन् । सरावगी वर्तमान मेयर हुन् । उनी हालै मात्र एमालेमा प्रवेश गरेका थिए ।

एमाले केन्द्रीय सदस्य अरबिन्द सिंहले वीरगन्जमा लोसपासँग गठबन्धन हुने निश्चित भएको पुष्टि गरे । वडा अध्यक्ष र सदस्यको हकमा टुंग्याउन बाँकी रहेको सिंहले बताए ।

सत्ता गठबन्धनबाट वीरगन्ज मेयरमा जनता समाजवादी र उपमेयरमा कांग्रेसको उम्मेदवारी रहने सहमति भइसकेको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहिबार  ९ : ५९ बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको