१४ चैत्र २०८२, शनिबार | March 28, 2026

ब्रिटिस प्रोफेशनल कलेजकी रिया विश्वटप गर्दै पुनः बनिन विश्वकै सर्वोत्कृष्ट छात्रा



काठमाडौं। द ब्रिटिस कलेज अन्तर्गतको ब्रिटिस प्रोफेसनल कलेज (बीपीसी)मा अध्ययनरत रिया मानन्धर पुनः विश्वकै सर्वोत्कृष्ट छात्रा बनेकी छिन्।

कलेजको एशोसियसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट्स (एसीसीए) कार्यक्रममा अध्ययनरत रियाले ‘पर्फमेन्स म्यानेजमेन्ट’ विषयमा ९१ प्रतिशत अंक ल्याएर सर्वोत्कृष्ट बनेकी हुन्।

सन् २०२१ को डिसेम्बरमा भएको ‘ट्याक्स’ विषयको परीक्षामा रियाले संसारभरीका १३ हजार विद्यार्थीलाई पछि पार्दै सर्वोत्कृष्ट अंक हाँसिल गरेकी थिइन्। यसपटक सन् २०२२ को मार्चमा भएको एसीसीए अन्तर्गतको पर्फमेन्स म्यानेजमेन्ट परीक्षामा रिया कूल १०० मा ९१ अंक प्राप्त गरि विश्वकै सर्वोत्कृष्ट बनेकी हुन्।

एसीसीए कार्यक्रम विश्वको सबैभन्दा ठूलो र छिटो बढिरहेको अन्तर्राष्ट्रिय लेखा निकाय हो। यसका विश्वका १७९ देशमा ४ लाख २७ हजार विद्यार्थी र २ लाख १९ हजार सदस्यहरु रहेका छन्। विश्वभरका हजारौं विद्यार्थीहरुको लागि बनाइएको प्रश्नपत्रहरूममा सबैभन्दा उत्तम नतिजा रियाले प्राप्त गरेकी हुन्।

‘मुख्यतया विश्वस्तरीय सुविधा र कलेजका शिक्षकहरूको प्रतिष्ठाको कारणले गर्दा म एसीसीए पढ्नको लागि बीपीसीमा भर्ना भएँ’ आफ्नो उपलब्धिबारे रियाले भनिन्, ‘विद्यार्थीहरुले बीपीसीको तर्फबाट सबै प्रकारको सहयोग पाउँछन् र मैले पनि परीक्षाको तयारीको लागि शिक्षकहरुबाट राम्रो साथ र सहयोग पाएँ।’

आफ्नो छात्राले पुनः राम्रो नतिजा ल्याएकोमा कलेजका एसीसीए प्रोग्राम म्यानेजर दिपेन्द्र के. श्रेष्ठले खुसी व्यक्त गरेका छन्। कलेजमा अध्ययनरत रिया दोस्रो पटक सर्वोत्कृष्ट नजिता ल्याउन सफल भएकोमा श्रेष्ठले भने, ‘नेपालमा ब्रिटिस कलेजको एसीसीए कार्यक्रमको प्रतिष्ठा उत्कृष्ट छ। हाम्रा विद्यार्थीहरुले नियमित रूपमा राष्ट्रियस्तरका उपलब्धिहरु हाँसिल गरिरहेका छन्। रियाले विश्वकै शीर्ष स्थान हासिल गर्नमा सफल रेजिका महर्जनलाई पछ्याएकी छिन्। उनीमाथि धैरै गर्व गर्छौं’

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहिबार  ३ : १३ बजे

बलात्कार आरोपमा एमाले नेता मल्ल पक्राउ

काठमाडौं । नेकपा एमाले कर्णालीका नेता कर्णबहादुर मल्ल बलात्कार आरोपमा

माइतीघर क्षेत्रमा एमाले कार्यकर्ताहरुको प्रदर्शन, ट्राफिक व्यवस्थापन अस्तव्यस्त

काठमाडौंं । एमाले अध्यक्ष केपी ओलीको गिरफ्तारी विरूद्ध नेकपा (एमाले)

हेटौंडा सिमेन्ट उद्योगद्वारा क्लिङ्कर उत्पादन सुरु

बागमती । लामो समयदेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योगले क्लिङ्कर

पश्चिमएशिया द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

पश्चिमएशियामा जारी युद्धले विश्व अर्थतन्त्रमा गहिरो र बहुआयामिक असर पारेको

पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा

काठमाडौं । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई नेपाल