७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

विवेकशील साझाले धनगढी उपमहानगरको उपमेयरमा विमला पन्तलाई बनायो उम्मेदवार



काठमाडौं । विवेकशील साझा पार्टीले धनगढी उपमहानगरपालिकाको उपमेयरमा विमला पन्त ओझालाई उम्मेदवार बनाउने भएको छ।

इतिहास र समाजशास्त्रमा स्नातकोत्तर गरेकी विमला ओझासँग ३४ वर्ष शिक्षक रहेको र २८ वर्षदेखि विभिन्न सामाजिक संघसंस्थाको संस्थापक रहेको अनुभव छ।

उनले महिला सशक्तीकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै विगत २२ वर्षदेखि कैलाली र कञ्चनपुरका अति विपन्न परिवारका १३ सय बालिकाहरूलाई प्रत्येक वर्ष १०ं२ सम्म पठनपाठनका लागि आवश्यक सबै सामग्री सहयोग गरी पढाइको जिम्मेवारी लिएको विवेकशील साझाले जनाएको छ । त्यसपछि उच्च शिक्षा अध्ययनको चाहना भएकालाई पनि उनले पढाउँदै आएकी छन्। ओझा १४ वर्षदेखि जिल्ला अदालत कैलालीमा बाल इजलासमा समाजशास्त्रीका रूपमा संलग्न छिन्।

विवेकशील साझा परित्याग गरेर गोपाल हमालले धनगढी उपमहानगरको मेयरमा स्वतन्त्र रूपमा उम्मेदवारी घोषणा गरेका छन् ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  २ : ५६ बजे

जसपाकी समानुपातिक सांसद हसिनाले लिइन् शपथ

काठमाडौं । सभामुख देवराज घिमिरेले जनता समाजवादी पार्टी (जसपा)की समानुपातिक

एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका

काठमाडौंमा कक्षा १२ को परीक्षाका केन्द्रहरू स्वचालित विधिबाट तोकियो

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डको

धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

धनुषा । धनुषामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ

सुनको भाउ हालसम्मकै उच्च विन्दुमा, आज कति छ ?

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य बढेको छ । नेपाल