२९ भदौ २०८३, सोमबार | September 14, 2026

खेलकुद मन्त्रीको अगुवाइमा ३ वर्षपछि बस्यो राखेपको बोर्ड बैठक



काठमाडौं । ३ वर्षपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप)को ऐतिहासिक बोर्ड बैठक सम्पन्न भएको छ । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ कार्यान्वयनमा आएपछि पहिलो पटक राखेपको बोर्ड बैठक बसेको हो । युवा तथा खेलकुद मन्त्री तथा राखेपका अध्यक्ष महेश्वर गहतराजको अध्यक्षतामा शुक्रबार बसेको बोर्ड बैठकले बिभिन्न महत्वपूर्ण निर्णयहरु समेत पारित गरेको छ ।

बैठकले आगामी जेठ २२ देखी २८ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताकालागि तयार पारीएको “नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता संचालन निर्देशिका–२०७९” पारीत गरेको छ ।

साथै बैठकले प्रतियोगिताको मिति तय गरेर प्रतियोगिता संचालनकालागि सहमती प्रदान गर्ने नेपाल सरकार मन्त्रीपरिषदप्रति हार्दिक आभार समेत ब्यक्त गरेको छ ।

बैठकले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ३६ खेल सहभागी गराउने निर्णय गरेको छ । जसअन्तर्गत एथलेटिक्स, ब्याडमिन्टन, टेबल–टेनिस, क्रिकेट, फुटबल, टेनिस, हक्की, बक्सिङ, भलिवल, कबड्डी, भारत्तोलन, सुटिङ, जिम्नास्टीक, पौडी, ह्याण्डबल, जुडो, कुस्ती, सफ्ट टेनिस, स्क्वास, तेक्वान्दो, उसु, बास्केटबल, शारिरीक सुगठन, बुद्धिचाल, खो–खो, कराँते, फुल कन्ट्याक्ट कराँते, आईटिएफ टेक्वान्दो, सेपाक्टाक्रो, गल्फ, आचरी, साईक्लिङ, फेन्सीङ, ट्राईथेलेन, प्याराग्लाईपिडङ र रग्बी ७ ए साईट खेल संचालन गरीने भएको छ । त्यसैगरी ठेलो र क्यानोइङलाई प्रदर्शनी खेलको रुपमा प्रतियोगितामा समावेश गर्ने निर्णय समेत भएको छ ।

बैठकले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताकालागि आवश्यक लोगो, मस्कट र नारा तय गर्नकालागि आवश्यक प्रक्रिया अगाडी बढाउनुका साथै प्रतियोगिता मुल आयोजक कमिटि, कार्यकारी समिति, उप–समिति तथा सचिवालय गठन गर्ने निर्णय समेत पारीत गरेको छ ।

एशियन खेलमा २३ खेल समावेश गर्ने निर्णय
शुक्रबार युवा तथा खेलकुद मन्त्रालयको हलमा सम्पन्न राखेपको बोर्ड बैठकले १९ औं एशियन खेलमा नेपालको तर्फबाट २३ वटा खेलमा सहभागी हुने निर्णय गरेको छ ।

शुक्रबार बसेको बैठकले तेक्वान्दो, कराँते, बक्सिङ, एथलेटिक्स, साईक्लिङ, महिला फुटबल, गल्फ, कुस्ती, भारत्तोलन, जुडो, पौडी, ट्रायथेलेन, उसु, आर्चरी, बास्केटबल, कबड्डि, फेन्सीङ, ह्याण्डबल, टेबल टेनिस, महिला भलिबल, पुरुष क्रिकेट, सुटिङ र ब्याडमिन्टनमा सहभागीता जनाउने निर्णय गरेको हो । यसअघिका एसियन खेलमा खेलाडीहरुले देखाएको उत्कृष्ट नतिजा तथा पछिल्लो समयमा सफलता प्राप्त भईरहेका खेलहरुका आधारमा एशियन गेम्समा २३ वटा खेल समावेश गर्ने निर्णय गरीएको हो ।

बैठकले एशियन खेलकुदमा सहभागी हुने खेलाडीहरुको छनौट, बन्द प्रशिक्षण तथा आवश्यक बजेट र तयारीका सम्बन्धमा समेत प्रक्रिया अगाडी बढाउने निर्णय गरेको छ । बैठकले बिभिन्न संघ संस्थाको निर्देशिका तथा जापानमा भएको ओलम्पिकमा सहभागी हुँदाको खर्च पारित गर्नेदेखी आगामी आर्थिक वार्षकालागि आवश्यक बजेट माग गर्नेसम्मको निर्णय पारीत गरेको छ ।

 

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  ७ : ३५ बजे

त्रिभुवन विमानस्थलमा दुर्गा प्रसाईं समर्थक र प्रहरीबीच केहीबेर धकेलाधकेल

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं झापाबाट काठमाडौं फर्किने क्रममा

खल्तीले गर्यो “खल्ती होटल्स” सेवा सार्वजनिक, अब होटल, उडान तथा बस बुकिङ एउटै एपबाट

काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले खल्ती होटेल्स”सेवा औपचारिकरूपमा

कांग्रेस संस्थापनले महाधिवेशनमा सहभागी हुन गरेको आह्वानको इतर पक्षले आज जवाफ दिने

काठमाडौं । नेपाली कांग्रेस देउवा समूहले सोमबार पत्रकार सम्मेलनमार्फत १५औं

भक्तपुरमा केदारनाथ मन्दिर खुला : साँझ महाआरती गरिँदै

भक्तपुर । भक्तपुरको दरबार स्वायरस्थित केदारनाथ मन्दिर हरितालिका (तीज)को उपलक्ष्यमा

गुल्मीमा माइत जाँदै गरेकी महिलालाई निस्ती खोलाले बगायो

गुल्मी । माइत जाने क्रममा खोलाले बगाउँदा गुल्मीमा एक महिला