१२ चैत्र २०८२, बिहिबार | March 27, 2026

जनप्रतिनिधिको धमाधम राजीनामा



तनहुँ । तनहुँका जनप्रतिनिधिले धमाधम राजीनामा दिन थालेका छन् । स्थानीय तहको निर्वाचनमा उम्मेद्वारको मनोनयन दर्ता गर्ने दिन नजिकिएसँगै फेरि स्थानीय तहको जनप्रतिनिधिमा दोहोरिन चाहानेले राजिनामा दिईरहेका हुन् ।

११ र १२ वैशाखमा उम्मेद्वारको मनोनयन दर्ताको मिति निर्वाचन आयोगले तोकेको छ । बहालवाला जनप्रतिनिधिले राजीनामा दिएर मात्र उम्मेदवार बन्न पाउने सर्वोच्चले फैसला गरेसँगै जनप्रतिनिधिले राजीनामा दिन थालेका हुन् ।

शुक्लागण्डकी नगरपालिकाका १९ जना जनप्रतिनिधीले राजीनामा दिएका छन् । शुक्रबारसम्ममा राजीनामा दिनेमा पाँच जना वडाध्यक्ष पनि छन् । शुक्लागण्डकी-४ का वडाध्यक्ष शिवकुमार श्रेष्ठ, शुक्लागण्डकी-५ का दिर्घबहादुर थापा, ८ का कृष्णप्रसाद रेग्मी, १० का रामचन्द्र भण्डारी र १२ का वडाध्यक्ष मनराज गुरुङले राजीनामा दिएको नगरपालिकाका प्रशासन शाखा प्रमुख लक्ष्मण लम्सालले जानकारी दिए । वडाध्यक्ष श्रेष्ठ, थापा, रेग्मी, भण्डारी र गुरुङ फेरी वडाध्यक्षमै दोहोरिन चाहान्छन् । रेग्मी र भण्डारीले पाएसम्म उपमेयरमा पनि आकांक्षा देखाएका छन् ।

बन्दीपुर गाउँपालिका–१ का वडाध्यक्ष भानुभक्त पोखरेलले पनि राजीनामा दिएका छन् । गाउँपालिकाको उपाध्यक्षका आकांक्षी उनले शुक्रबार गाउँपालिका अध्यक्ष पूर्णसिं थापासमक्ष राजीनामा बुझाएका हुन् ।

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  ६ : ३५ बजे

दाङमा धारिलो हतियार प्रहार गरि श्रीमानले गरे श्रीमतीको हत्या

दाङ । दाङमा श्रीमानको धारिलो हतियार प्रहारबाट श्रीमतीको हत्या भएको

बुटवलमा भोलीदेखी दुई दिने बि-टु-सी समिट हुँदै

बुटवल । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ रूपन्देहीको आयोजनामा सूचना

सञ्चयकर्ता तथा योगदानकर्ताको खातामा मुनाफाको रकम जम्मा

काठमाडौँ । कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्ष २०८१/८२ मा

जाँदाजाँदै प्रधानमन्त्रीको बिदाइ सम्बोधन (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री पदबाट बिदा हुने पूर्वसन्ध्यामा

वर्तमान निर्वाचन प्रणालीले कुनै दलले बहुमत ल्याउँदैन भन्ने भाष्यलाई गलत साबित : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान निर्वाचन प्रणालीमा कुनै दलले