१२ चैत्र २०८२, बिहिबार | March 27, 2026

जुम्लामा आगलागीबाट चार बालबालिकाको मुत्यु



जुम्ला । जिल्लाको सार्कीवाडामा भएको आगलागीमा चार जना बालबालिकाको मुत्यु भएको छ । तिला गाउँपालिका ३ सार्कीवाडामा रहेको मानसिहं सार्कीको तीन तलाको घरमा आगलागी हुँदा चार जना बालबालिकाको जलेर मुत्यु भएको हो ।

आगलागीमा मानसिहं सार्कीकी १४ वर्षकी भान्जी तुलसा सार्की ,११ वर्षीया छोरी अनु सार्की, ३ वर्षीया छोरी दर्शना सार्की र एक वर्षको छोरा दिपेश सार्कीको जलेर मृत्यु भएको जुम्लाका प्रहरी नायव उपरिक्षक नरेन्द्र चन्दले बताए ।

आगलागीमा मानसिंह सार्की र उनकी श्रीमती फागुनी सार्की, बहिनी रुन्चकली सार्की घाइते भएका छन् । उनीहरुको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

प्रमुख जिल्ला अधिकारी बिजया प्रसाई, प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी , नेपाली सेना ,र त्यहाका स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

जुम्ला सदरमुकामबाट करिब १८ किलोमिटरको दूरीमा टाढा पर्ने सो गाउँमा आगलागीको कारण खुल्न सकेको छैन । स्थानीय जयलाल कठायतका अनुसार राति ११ः२० बजे तिर आगलागी भएको थियो । जिल्ला प्रहरीलाई भने राति ११ः४५ बजे आगलागी भएको जानकारी आएको थियो । आगलागीबाट घर लत्ता कपडा, अन्नपातलगायत सबै सामान जलेर नष्ट भएको छ । क्षेतीको पूर्ण विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  ७ : ०२ बजे

दाङमा धारिलो हतियार प्रहार गरि श्रीमानले गरे श्रीमतीको हत्या

दाङ । दाङमा श्रीमानको धारिलो हतियार प्रहारबाट श्रीमतीको हत्या भएको

बुटवलमा भोलीदेखी दुई दिने बि-टु-सी समिट हुँदै

बुटवल । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ रूपन्देहीको आयोजनामा सूचना

सञ्चयकर्ता तथा योगदानकर्ताको खातामा मुनाफाको रकम जम्मा

काठमाडौँ । कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्ष २०८१/८२ मा

जाँदाजाँदै प्रधानमन्त्रीको बिदाइ सम्बोधन (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री पदबाट बिदा हुने पूर्वसन्ध्यामा

वर्तमान निर्वाचन प्रणालीले कुनै दलले बहुमत ल्याउँदैन भन्ने भाष्यलाई गलत साबित : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान निर्वाचन प्रणालीमा कुनै दलले