१५ माघ २०८२, बिहिबार | January 30, 2026

गण्डकीका २९ पालिकामा एमालेले टुंग्यायो प्रमुख र उपप्रमुख (नामावलीसहित)



पोखरा । नेकपा एमालेले गण्डकीका २९ पालिकामा प्रमुख र उपप्रमुखको नाम टुंगो लगाएको छ । केही पालिकाको प्रमुख टुंगिए पनि उपप्रमुख भने टुंगिएको छैन ।

मनाङ र मुस्ताङको सबै पालिकाले उम्मेदवार पाइसकेका छन् । मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाको अध्यक्षमा रिन्जिन गुरुङ र उपाध्यक्षमा दिकी गुरुङलाई टिकट दिएको छ भने लो घेकर गाउँपालिकाको अध्यक्षमा लोप्साङ छोम्पेल विष्ट र छिरिङ ल्हामो गुरुङले उपाध्यक्षको टिकट पाएका छन् । विष्टलाई अध्यक्षमा दोहो¥याउन लागिएको हो भने गुरुङ जिल्ला समन्वय समिति प्रमुखबाट गाउँपालिका उपाध्यक्ष बन्न लागेकी हुन् ।

लोमान्थाङ गाउँपालिकाको अध्यक्षमा टसी नुर्वु गुरुङ र उपाध्यक्षमा छिमी विष्ट, थासाङ गाउँपालिकाको अध्यक्षमा प्रदीप गौचन र उपाध्यक्षमा सुमिता शेर्पा तथा घरपझोङ गाउँपालिकाको अध्यक्षमा सन्जयकुमार थकाली र उपाध्यक्षमा मीमकुमारी शेरचनलाई टिकट दिएको छ ।

मनाङको मनाङ ङिस्याङ गाउँपालिकाको अध्यक्षमा कान्छा घलेलाई दोहो¥याइएको छ । उपाध्यक्षमा छिरिङ धावा गुरुङले टिकट पाएका छन् । चामे गाउँपालिकामा पनि लोकेन्द्र घले नै अध्यक्षमा दोहोरिने भएका छन् । उपाध्यक्षमा आशकुमारी गुरुङ, नासों गाउँपालिकामा मनबहादुर गुरुङ अध्यक्ष र अर्विन गुरुङ उपाध्यक्षमा उम्मेदवाार बन्ने छन् । यसअघि सर्वसम्मत नेतृत्व चयन भएको नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा ज्याप्ले गुरुङलाई टिकट दिएको छ । उपाध्यक्षमा अहिले निर्णय आएको छैन ।

लमजुङको क्होंलासोंथर गाउँपालिकाको अध्यक्षमा पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका स्वकिय सचिव सूर्यप्रसाद गुरुङले टिकट पाएका छन् । गोखराको अजिरकोट गाउँपालिकाको अध्यक्षमा शेखरनाथ न्यौपाने, चुमनुब्री गाउँपालिका अध्यक्षमा सुकबहादुर गुरुङ र उपाध्यक्षमा सानु गुरुङको टिकट टुंगो लागेको छ ।

स्याङजाको आँधीखोला गाउँपालिकामा अध्यक्ष विश्व पौडेल र उपाध्यक्ष सीता थापा, वालिङ नगरपालिका प्रमुखमा कृष्णबहादुर खाँड र उपप्रमुखमा खगिसरा थापा मगरले टिकट पाए भने हरिनास गाउँपालिका अध्यक्षमा खीमनारायण मानन्धरनै दोहोरिएका छन् ।

तनहुँको आँबूखैरेनी गाउँपालिका अध्यक्षमा ऋषि केसी, कास्कीको रुपा गाउँपालिकाको अध्यक्षमा नवराज ओझा र उपाध्यक्षमा लालसुब्बा गुरुङ दोहोरिने भएका छन् ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा अध्यक्षको टिकट भरतकुमार पुन र उपाध्यक्षमा दिवाकुमारी तिलिजाले पाएका छन् । रघुगंगा गाउँपालिकाको अध्यक्षमा प्रेमबहादुर कार्की र उपाध्यक्षमा यामकुमारी गर्बुजा, मालिका गाउँपालिकाको अध्यक्षमा बेगप्रसाद गर्वुजा, मंगला गाउँपालिका अध्यक्षमा सतप्रसाद रोकाले टिकट पाए ।

नवलपुरको हुप्सेकोट गाउँपालिकाको अध्यक्षमा चेतन राना र उपाध्यक्षमा मनी पाण्डे तथा मध्यविन्दु नगरपालिकाको प्रमुखमा भीमलाल अधिकारी, पर्वतको पैंयू गाउँपालिकाको अध्यक्षमा महेन्द्र श्रेष्ठ र उपाध्यक्षमा यमकुमारी रानाले टिकट पाए ।

बागलुङको तमानखोला गाउँपालिका अध्यक्षमा देवेन्द्र छन्त्याल र उपाध्यक्षमा टेकमति विक, ढोरपाटन नगरपालिका प्रमुखमा देवबहादुर नेपाली, ताराखोला गाउँपालिका अध्यक्षमा ऋषिराम रोका र उपाध्यक्षमा थममाया घर्ती, गलकोट नगरपालिका प्रमुखमा पूर्ण काउछा र उपप्रमुखमा रुपा विक तथा जैमिनी नगरपालिका प्रमुखमा लिला राना र उपाध्यक्षमा यमुना शर्माले टिकट पाएका गण्डकी प्रदेश सचिव धनन्जय दवाडीले जानकारी दिए ।

 

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  ४ : ३० बजे

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने सभापति थापाको आश्वासन

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला