१ चैत्र २०८२, आइतबार | March 16, 2026

नेपाल खेलकुद महासंघ बुटवलको प्रथम अधिवेशन सम्पन्न : अध्यक्षमा त्रिभुवन शर्मा पाण्डे



बुटवल । नेकपा एमालेको जनवर्गीय संगठन नेपाल खेलकुद महासघ बुटवल उपमहानगर कमिटि को प्रथम भेलाले त्रिभुवन शर्मा पाण्डेको अध्यक्षतामा ४५ सदस्य कमिटी गठन गरेको छ ।

नेकपा एमालेका केन्द्रिय सदस्य तथा रुपन्देही जिल्ला सह ईन्चार्ज शिवराज सुवेदीको प्रमुख आतिथ्यतामा नेकपा एमालेको लुम्बिनी प्रदेश पार्टी कार्यलय पिएल भवनमा सम्पन्न भएको भेलाले उपाध्यक्षमा युवराज घताने, र प्रेम खाम्चा मगर, सचिवमा विष्णु विक, सह सचिवमा सृजन नेपाल, राजकुमार परियार तथा कोषाध्यक्षमा प्रवेश आचार्यलाई चयन गरेको हो ।

नेकपा एमालेका प्रदेश कमिटी सदस्यहरु गोपाल राना, बाबुराम भट्टराई, ज्ञानु केसी, जिल्ला कमिटी सदस्य तथा खेलकुद ईन्चार्ज योग गुरुङ, नेकपा एमाले बुटवल उपमहानगर कमिटीका अध्यक्ष किशन ज्ञवाली, सचिव तथा खेलकुद महासंघका केन्द्रिय सदस्य मेघराज भट्टराई लगाएतले भेलामा शुभकामना मन्तव्य राखेका थिए ।

महासंघका रुपन्देही जिल्ला अध्यक्ष सुरेन्द्र श्रेष्ठको अध्यक्षमा सम्पन्न भेलाको सन्चालन जिल्ला सदस्य महेश खनाले गरेका थिए भने स्वागत उपाध्यक्ष समुन्द्र श्रेष्ठले गरेका थिए ।

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  ५ : २५ बजे

पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धि

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थमा भारी मूल्य

त्रिविमा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्यापन हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि

यी हुन् ११० समानुपातिक साँसदमा सिफारिस उम्मेदवार (सूचीसहित)

काठमाडौं। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा थ्रेसहोल्ड पुर्याएका

महामन्त्री पौडेलद्वारा कांग्रेस सुधारका लागि सुझाव माग

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सुधारका लागि

७० लाख घूस लिएको आरोपमा राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशकविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन