१५ माघ २०८२, बिहिबार | January 30, 2026

लुम्बिनी र मधेश प्रदेशका १५ सय युवालाई स्वदेशमै स्वरोजगार बनाइँदै



बुटवल । रोजगारी गुमाएर विदेशबाट फर्केका १५ सय युवालाई स्वदेशमै स्वरोजगारको अवसर प्रदान गरिने भएको छ । विदेशबाट फर्किएका मधेस र लुम्बिनी प्रदेशका युवाहरुलाई सीपमूलक तालीम दिएर स्वरोजगार र उद्यमी बनाइने भएको हो ।

शिक्षा पत्रकार समूह द्वारा शनिबार बुटवलमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा उद्यमी बनाउने तयारी सुरुभएको जानकारी गराइएको छ ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै शिक्षा, विज्ञान युवा तथा खेलकूद मन्त्रालयका सचिव कृष्णप्रसाद पन्थले युवालाई स्वदेशमै स्वरोजगार बनाउने कार्यक्रम प्रशंसनीय रहेको बताए । उनले प्रदेशका निकायहरुसँग समन्वय गरे कार्यक्रम कार्यान्वन गर्न सहज हुने बताउँदै कार्यान्वयन र अनुगमनको चरणमा पनि मन्त्रालयले सहयोग गर्ने बताए ।

पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्रालयका सचिव महेशचन्द्र न्यौपानेले कार्यक्रम आवश्यक र महत्वपूर्ण रहेको भन्दै तालीम दिन भन्दा पहिले लिन चाहेकाहरुबाट लिन चाहने तालीमको पहिचान गर्नुपर्ने बताए । ‘कस्तो रोजगार चाहेको हो त्यो व्यक्तिको पहिचान गर्न आवश्यक छ,’ उनले भने – ‘यस कार्यक्रमलाई प्रदेश सरकारले अगाडि सारेका रोजगारीसँग सम्बन्धित कार्यक्रममा पनि जोडन सकिन्छ ।’

बिट्रिस काउन्सिल–दक्षता परियोजना टिम लिडर एरिक विन्थर स्मिटले विदेशबाट फर्केका युवालाई स्वरोजगार र पुनः विदेश फर्कन चाहनेहरुको पनि दक्षता विकास गर्ने लक्ष्य लिएर यो परियोजना संचालन गरिएको स्पष्ट पारे। परियोजनाले स्वरोजगारी र उद्यममा उल्लेख्य प्रभाव पार्ने उनको भनाइ छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा यूएनडीपीले ब्रिटिश काउन्सीलद्वारा व्यवस्थित दक्षता परियोजनाको सहयोग र यूरोपियन युनियनको आर्थिक सहयोगमा यो कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

सिटिइभिटीका निर्देशक दिपक प्रसाद पौडेलले युवाहरुलाई सीपयुक्त तालीम प्रदान गर्दा सबै क्षेत्रलाई समेट्न आवश्यक रहेको बताए । १५ सयलाई दिने सीपयुक्त तालिम हेरेर सिटिइभिटीले पाठ्यक्रम बनाउन तयार रहेको उनले जानकारी दिए।

यूएनडीपीका राष्ट्रिय कार्यक्रम प्रबन्धक डा.मुकुन्दमणि खनालले ५ लाख ७२ हजार नेपाली कामदार कोभिडका कारण नेपाल फर्किएका भन्दै उनीहरुलाई सीप र तालीम प्रदान गर्न सके स्वदेशमै स्वरोजगार र उद्यमी बनाउन सकिने बताए । खनालका अनुसार फर्केका मध्य ६६ प्रतिशत कोभिडका कारण रोजगारी गुमाएर नेपाल फर्केका हुन् । विभिन्न निकायले गरेको अध्ययनबाट ४३ लाख नेपाली युवाहरु रोजगारीका लागि विदेश गएको पाइएको छ । ति मध्य ७० प्रतिशत युवाहरु खाडी मुलुकमा छन् ।

कार्यक्रमले सिपको मापन गरी पाठ्यक्रम बनाई रोजगारीका अवसर सुनिश्चित गरिने उनको भनाइ छ । कृषि, निर्माण र पर्यटनलाई प्राथामिकतामा राखेर तालिमका प्याकेज बनाइएको उनले जानकारी दिए । कोभिडको कारण रोजगार गुमाएकाहरुलाई रोजगारमा जोड्ने कार्यक्रमको लक्ष्य रहेको पनि उनले बताए ।

खनालका अनुसार रोजगारी गुमाएका, १८ वर्ष पूरा भएको, मधेश र लुम्बिनी प्रदेशका ११ जिल्लामा यो कार्यक्रम लागू हुनेछ । अहिले तथ्याङक संकलन भइरहेको र हालसम्म लुम्बिनीमा ५ सय र मधेशमा ३ सय जनाको तथ्याङ्क संकलन भइसकेको उनले जानकारी दिए ।

कार्यक्रममा शिक्षा पत्रकार समूहका अध्यक्ष कृष्ण मल्लले शिक्षासँगै शिप जोडिनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  ६ : १५ बजे

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने सभापति थापाको आश्वासन

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला