८ बैशाख २०८१, शनिबार | April 20, 2024

कैलालीमा चुनावी तालमेलका लागि कांग्रेसले राखेको प्रस्ताव माओवादीद्वारा अस्वीकार



धनगढी । स्थानीय तह निर्वाचनअन्तर्गत कैलालीमा गठबन्धन दलबीच भएको चुनावी तालमेलको प्रयास टुंगोमा पुग्न सकेको छैन । चुनावी तालमेलका लागि गठबन्धन दलबीच निरन्तर बैठक चले पनि सहमति हुन नसकेको हो ।

शनिबार कैलालीमा तालमेलका लागि नेपाली कांग्रेसले आफ्नो प्रस्ताव राखे पनि माओवादी केन्द्रले उक्त प्रस्ताव अस्वीकार गरेको छ । नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक हरि ज्ञवालीका अनुसार नेपाली कांग्रेसले आफूलाई सात स्थानीय तहको नेतृत्व राखेर माओवादी केन्द्रलाई चार र एकीकृत समाजवादी पार्टीलाई २ स्थानीय तहमा भाग दिने प्रस्ताव ल्याएको छ । तर, माओवादी केन्द्रले भने सो प्रस्ताव अस्वीकार गरेको संयोजक ज्ञवालीले बताए ।

‘हाम्रो जिल्लाको बैठक बसेर ५ स्थानीय तह नपाए आफ्नै तरिकाले चुनाव लड्ने निर्णय भएको छ छ,’ संयोजक ज्ञवालीले भने, ‘चार स्थान मात्रै दिने गरी कांग्रेसले राखेको प्रस्ताव मान्य छैन, अव सहमति हुने अवस्था पनि देखिँदैन ।’

उनले आइतबार बिहानसम्म पनि छलफल हुने बताए । माओवादी केन्द्रले कैलालीका ५ पालिकामा प्रमुख र ६ पालिकामा उप प्रमुख पद माग गरेको छ ।

नेपाली कांग्रेस कैलालीका सचिव नृप सुनारले पनि अहिले सम्म कुनै सहमति नभएको जनाएका छन् । गठबन्धन दलहरूबीच बैठक जारी रहेको भन्दै उनले सहमतिको नजिक पुगेको बताए ।

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  ८ : २८ बजे

हामीलाई कसैले कमजोर ठान्ने उथलपुथल हुन्छ : माधव नेपाल

राैतहट । नेकपा एकिकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन