५ श्रावण २०८३, मंगलबार | July 22, 2026

कैलालीमा चुनावी तालमेलका लागि कांग्रेसले राखेको प्रस्ताव माओवादीद्वारा अस्वीकार



धनगढी । स्थानीय तह निर्वाचनअन्तर्गत कैलालीमा गठबन्धन दलबीच भएको चुनावी तालमेलको प्रयास टुंगोमा पुग्न सकेको छैन । चुनावी तालमेलका लागि गठबन्धन दलबीच निरन्तर बैठक चले पनि सहमति हुन नसकेको हो ।

शनिबार कैलालीमा तालमेलका लागि नेपाली कांग्रेसले आफ्नो प्रस्ताव राखे पनि माओवादी केन्द्रले उक्त प्रस्ताव अस्वीकार गरेको छ । नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक हरि ज्ञवालीका अनुसार नेपाली कांग्रेसले आफूलाई सात स्थानीय तहको नेतृत्व राखेर माओवादी केन्द्रलाई चार र एकीकृत समाजवादी पार्टीलाई २ स्थानीय तहमा भाग दिने प्रस्ताव ल्याएको छ । तर, माओवादी केन्द्रले भने सो प्रस्ताव अस्वीकार गरेको संयोजक ज्ञवालीले बताए ।

‘हाम्रो जिल्लाको बैठक बसेर ५ स्थानीय तह नपाए आफ्नै तरिकाले चुनाव लड्ने निर्णय भएको छ छ,’ संयोजक ज्ञवालीले भने, ‘चार स्थान मात्रै दिने गरी कांग्रेसले राखेको प्रस्ताव मान्य छैन, अव सहमति हुने अवस्था पनि देखिँदैन ।’

उनले आइतबार बिहानसम्म पनि छलफल हुने बताए । माओवादी केन्द्रले कैलालीका ५ पालिकामा प्रमुख र ६ पालिकामा उप प्रमुख पद माग गरेको छ ।

नेपाली कांग्रेस कैलालीका सचिव नृप सुनारले पनि अहिले सम्म कुनै सहमति नभएको जनाएका छन् । गठबन्धन दलहरूबीच बैठक जारी रहेको भन्दै उनले सहमतिको नजिक पुगेको बताए ।

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  ९ : ५० बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं