२ पुस २०८२, बुधबार | December 18, 2025

एपिएफलाई हराउँदै विवाइसी महिला गोल्डकपको उपाधि पुलिसलाई



काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बलको एपिएफ महिला फुटबल क्लबको दबदबा तोड्दै प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप प्रतियोगिताको उपाधि जितेको छ ।

शनिबार राति धनगढीमा सम्पन्न फाइनलमा अर्को विभागीय टोली एपिएफलाई १-० ले पराजित गर्दै पुलिसले उपाधि चुमेको हो ।

पुलिसको जितमा निर्मला विकले इन्जुरी समयमा निर्णायक गोल गरिन् । निर्धारित ९० मिनेट पछि थपिएको पाँच मिनेट अन्तिम समयमा निर्मलाले सिक्स यार्ड बक्सबाट सहज गोल गरेकी थिइन् ।

उपाधिसँगै पुलिसले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । यस्तै, उपविजेतामा सीमित एपिएफले दुई लाख ५० हजार रुपैयाँमा चित्त बुझायो ।

वैशाख १० गतेदेखि सुरु भएको प्रतियोगितामा तीन विभागीयसहित कुल आठ टोलीको सहभागिता थियो ।

राष्ट्रिय महिला लिगको पहिलो चरणपछी धनगढीमा महिला गोल्डकप आयोजना भएको हो ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ६ : ५४ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल