१४ असार २०८३, आइतबार | June 28, 2026

‘मुख्यमन्त्री गोल्डकप प्रतियोगिता’ संस्थागत हुँदै



नेपालगन्ज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीप्रसाद चौधरीले ‘मुख्यमन्त्री गोल्डकप प्रतियोगिता’ लाई आगामी बजेटमा राखेर निरन्तरता दिने बताएका छन् ।

बाँकेको कोहलपुर नगरपालिका–२ स्थित तेह्र बिघामा ‘मुख्यमन्त्री गोल्डकप प्रतियोगिता–२०८०’ को उद्घाटन सत्रमा आज मुख्यमन्त्री चौधरीले प्रतियोगितालाई संस्थागत गरी सरकारले सम्पूर्ण खर्चको व्यवस्थापन गरेर नीतिगत निर्णय गर्ने बताए ।

उनले खेल क्षेत्रको कुनै जात धर्म नहुने भन्दै समूहमा एकता भयो भने मात्र टिमको बिजय हुने बताए । “खेलको जात हुँदैन न त धर्म नै हुन्छ । खेलले समाजमा सद्भाव कायम गर्छ”, उनले भने, “खेलमा विजयी प्राप्त गर्नका लागि टिममा एकताको भावना हुन आवश्यक छ ।”

लुम्बिनी खेलकुद परिषद् सदस्य सचिव जयप्रकाश भट्टराईले खेलमा कसैले पनि राजनीतिक हस्तक्षेप गर्नु नहुने बताए । खेल र खेलाडी राष्ट्रका गहना भएकाले खेल क्षेत्रलाई स्वतन्त्र रुपले सहयोग गर्न र खेलाडीलाई हौसला प्रदान गर्न उनले सुझाव दिए ।

सोही कार्यक्रममा कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले कोहलपुर नगर क्षेत्रलाई खेलकुदको नामले चिनाउन प्रदेश सरकारले गरेको आर्थिक सहयोगको लागि कृतज्ञता ज्ञापन गरे । साथै उनले आगामी दिनमा व्यावसायिक खेलाडी जन्माउन चुनौती भएको बताए । नगर प्रमुख आर्चायले खेलाडीका लागि नगरपालिकाले सधैँ सहयोग गर्ने प्रतिबद्धता जनाए ।

उद्घाटन सत्रको क्रममा प्रदेश समाजिक विकासमन्त्री चन्द्रकेश गुप्ताले प्रतियोगिताले यस क्षेत्रको खेल विकासलाई अगाडि बढाउन सहयोग पुग्ने बताए ।

प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड काठमाडौँ, गोर्खा ब्वाइज स्पोर्टस् क्लब बुटवल, सुदूरपश्चिम ११, स्पोर्ट्स क्लब धनगढी, त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौँ, कोहलपुर रेसिङ साहरा क्लब कोहलपुर, विएफसी चितवन क्लब चितवन, एभिनियर एफसी क्यामरुन र दुधौली स्पोर्ट्स क्लब सिन्धुली गरी आठ टिम सहभागी छन् ।

प्रतियोगितामा अफ्रिकन देश क्यामरुनको एभिनियर एफसीसहित नेपालका ए डिभिजनका सात क्लब सहभागिता रहने छ । प्रतियोगितामा प्रथम हुनेलाई रु आठ लाख, दोस्रो हुनेलाई रु चार लाखसहित ट्रफी रहेको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार  ७ : २९ बजे

दक्षिण एसियाली बडीबिल्डिङ च्याम्पियनसिपमा नेपालका सात खेलाडी भुटान जाँदै

काठमाडौं । नेपाल बडीबिल्डिङ तथा फिटनेस महासंघको समन्वय तथा राष्ट्रिय

डीआर कङ्गोको ऐतिहासिक पुनरागमन जित, दक्षिण कोरियाको विश्वकप यात्रा समाप्त

काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) ले फिफा विश्वकप

ओली, प्रचण्ड, माधवले आज एउटै मञ्चबाट भाषण गर्दै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट

पहिरोले मेची राजमार्गको राजदुवाली खण्ड अवरुद्ध

इलाम । वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क(राजदुवाली

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

मुस्ताङ । यहाँको घरपझोङ गाउँपालिकाले पशुपालक किसानलाई ५० प्रतिशत अनुदानमा