५ पुस २०८२, शनिबार | December 20, 2025

आइपिएल : बेंगलोरविरुद्ध हैदराबादको सहज जित



काठमाडौं । रोयल च्यालेन्जर्स बेंगलोरविरुद्ध सहज जितसँगै सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को दोस्रो स्थानमा उक्लिएको छ ।

शनिबार राति मुम्बईमा भएको खेलमा हैदराबाद ९ विकेटले विजयी भयो । ६९ रनको सामान्य विजयी लक्ष्य हैदराबादले ८ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्‍याे ।

हैदराबादका अभिषेक शर्माले सर्वाधिक ४७ रन बनाए । केन विलियम्सन १६ र राहुल त्रिपाठी ७ रनमा अविजित रहे ।

यसअघि टस हारेर ब्याटिङ गरेको बेंगलोर १६ ओभर १ बलमा सवै विकेट गुमाउदै ६८ रनमा समेटियो । बेंगलोरका सुयश प्रभुदेशाईंले सर्वाधिक १५ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् ।

हैदराबादका मार्को ज्यानसन र टि नटराजनले ३-३ विकेट लिए ।

जितसँगै हैदराबाद ७ खेलमा ५ जितसहित १० अंक जोडेर दोस्रो स्थानमा छ । बेंगलोर ८ खेलमा ५ मा जितसहित समान १० अंक बनाउदै चौथो स्थानमा छ ।

 

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ७ : २२ बजे

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन

तोडिएका ठेक्काको तत्काल टेण्डर गरौं : मन्त्री घिसिङ

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने

काठमाडौँ । हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र