२७ असार २०८३, शनिबार | July 11, 2026

उम्मेदवारको अन्तिम नामावली प्रकाशनपछि मतपत्र छपाइ गर्न सम्भव छैन : निर्वाचन आयोग



काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचनका लागि प्रयोग हुने मतपत्रको विषयमा केही सञ्चार माध्यममा प्रकाशित समाचार र केही राजनीतिक दलको माग एवम् भनाइप्रति आयोगले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ५ को उपदफा (५) मा निर्वाचन कार्यक्रम प्रकाशन गर्दा उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि निर्वाचन प्रचार प्रसारको लागि बढीमा १५ दिनको अवधि रहनेगरी प्रकाशन गर्नुपर्ने व्यवस्था छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा आइतबार जारी विज्ञप्तिमा भनिएको छ, “विगतको अभ्यास समेतलाई मध्यनजर गरी २०७९ सालको स्थानीय तह निर्वाचनका लागि आयोगले मतपत्रको शुद्धता, सुरक्षा, छपाइ क्षमता तथा वितरणसम्बन्धमा प्राविधिकहरूसँगको परामर्श पश्चात उम्मेदवारको अन्तिम नामावली प्रकाशनपछि मतपत्र छपाइ गर्न सम्भव नहुने भन्ने राय समेतका आधारमा निर्वाचन कार्यक्रम सञ्चालन गर्नुपूर्वदेखि नै मतपत्र छपाइ कार्यको थालनी गरिएको छ ।”

उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि उम्मेदवारलाई वितरण गरिएको निर्वाचन चिन्ह मात्र राखी मतपत्र छपाई गर्नु उचित भए तापनि ७५३ स्थानीय तहका ६७४३ वडाका लागि छुटृाछुटृै मतपत्र छपाई गरी हाम्रोजस्तो भौगोलिक दृष्टिले कठिन ठाउँमा ऐनले निर्धारण गरेको समयमा मतपत्र छपाइ गरी ढुवानी गर्न व्यवहारिक, प्राविधिक एवम् व्यवस्थापकीय दृष्टिले असम्भव हुने स्पष्ट छ विज्ञप्तिमा उल्लेख छ ।

२०७९ को निम्ति पनि विगतमा अपनाइएको ढाँचा स्वीकृत गरी मतपत्र छपाई गरिएको छ । मतपत्रमा सबैभन्दा माथि राष्ट्रिय मान्यता प्राप्त दलको निर्वाचन चिन्ह, त्यसको तलपट्टि जिल्लामा संगठनात्मक संरचना भएका दलको निर्वाचन चिन्ह र तत् पश्चात स्वतन्त्र निर्वाचन चिन्ह राखेर २३ समूहका ७७ प्रकार (६ वटा महानगर बाहेक) का मतपत्रको डिजाईन स्वीकृत गरी गत चैत २२ गतेदेखि जिल्लागत रुपमा मतपत्र छपाइ गर्ने कार्य भइरहेको छ ।

प्रवक्ता पौडेलकाअनुसार वैशाख ११ गतेसम्म ६३ जिल्लाको एक करोड ५४ लाख ६० हजार मतपत्र छपाइ गरिसकिएको र अन्य मतपत्र छपाई कार्य धमाधम भइरहेको छ । मतपत्र छपाइ, रूजु, सर्टिब्, प्याकिब गर्न करिव ३५ दिन देखि ४० दिन लाग्ने छ । त्यस्तै, मतपत्रको ढुवानी कार्य कम्तिमा ७ दिन लाग्नेछ ।

[pdf-embedder url=”https://www.khabarkura.com/wp-content/uploads/2022/04/Press-Release-2079-1-11-2.pdf” title=”Press Release 2079-1-11 (2)”]

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ७ : १९ बजे

खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

नेपालगन्ज । नेपालगन्जका खेलाडी तथा खेलकर्मीहरुले खेलकुदले समाजलाई जोड्नुका साथै

बझाङ जीप दुर्घटनामा तीन जनाको मृत्यु, सात जना गम्भीर घाइते

महेन्द्रनगर । बझाङमा आज अपराह्न भएको जीप दुर्घटनामा तीन जनाको

गण्डकी प्रदेशमा पूर्वाधार विकासका कामले गति लिएको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशभित्र पूर्वाधार विकासका

पहिरोले सालझण्डी-ढोरपाटन सडक अवरुद्ध, यात्रु अलपत्र

बागलुङ । पहिरोले राष्ट्रिय गौरवको आयोजना सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भएको

गणेश नेपालीलाई न्याय माग्दै वीर अस्पतालअगाडि प्रदर्शन, सरकारविरुद्ध नाराबाजी

काठमाडौं । आत्मदाहको प्रयासपछि उपचारका क्रममा ज्यान गुमाएका मुगुका गणेश