२२ भदौ २०८३, सोमबार | September 7, 2026

काठमाडौंको मेयरमा एमालेबाट केशव स्थापित र उपमेयरमा सुनिता डंगोलद्वारा उम्मेदवारी दर्ता



काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेबाट केशव स्थापित उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै उपमेयरमा सुनिता डंगोलले पनि एमालेबाट उम्मेदवारी दर्ता गराएकी छिन् ।

रत्नपार्क शान्तिबाटिकामा जम्मा भएका एमालेका नेता कार्यकर्तासहितको जलुससहित राष्ट्रियसभास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन् ।
एमालेले दुई दिनअघि मात्र स्थापित र डंगोललाई मेयर र उपमेयरको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
स्थापितले यसअघि पनि काठमाडौं महानगरको नेतृत्व गरेका छन् । २०५४ सालको स्थानीय निकाय निर्वाचनमा स्थापित मेयरमा विजयी भएका थिए । यस्तै, ज्ञानेन्द्र शाहको शासन कालमा पनि उनी मेयरमा मनोनित भएका थिए ।

मिस नेवाः २०२१ डंगोल स्वतन्त्र रुपमा मेयरमा घोषणा गरेकी थिइन । पछि उनी अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेर छलफल गरेपछि उनलाई एमालेले उपमेयर बनाउने निर्णय गरेको थियो ।

 

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  १ : ४१ बजे

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा

भोटेकोशी बाढीः एक हजार ३५५ को मृत्यु भने

काठमाडौ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा