१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

उम्मेदवारी दर्तापछि स्थापितले भने – गठबन्धनको भन्दा दोब्बर मत ल्याउँछु



काठमाडौं । एमालेका तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराएका केशव स्थापितले सत्तारुढ गठबन्धनको भन्दा दोब्बर मत ल्याएर आफू निर्वाचित हुने दाबी गरेका हुन् ।

उम्मेदवारी मनोनयनको दोस्रो दिन सोमबार दिउँसो काठमाडौंस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेपछि उनले सञ्चारकर्मीसँग भने, ‘गठबन्धनको भन्दा डबल मत ल्याउँछु । गठबन्धनले ७० हजार मत ल्यायो भने म त्यसको डबल ल्याएर निर्वाचित हुन्छु ।’

२०५४ सालमा ८५ हजार मत ल्याएर मेयरमा निर्वाचित भएको बताएका उनले यसपटक पनि आफू निर्वाचित हुने दाबी गरे ।

स्थापित काठमाडौं महानगरको पूर्वमेयर तथा बागमती प्रदेशका पूर्वमन्त्री र पूर्वसांसद हुन् ।

यसैगरी एमालेबाट काठमाडौं महानगरको उपमेयरमा भने सुनिता डंगोलको उम्मेदवारी दर्ता भएको छ । डंगोल पूर्व मिस नेवा हुन् ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  १ : ५७ बजे

काठमाडौंमा फेरी बढ्यो वायु प्रदूषण

काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण फेरी अब्धेको छ ।

बुटवलमा हुने हाफ् म्याराथन प्रतियोगिताको आवेदन खुला

बुटवल । जननेता मदन भण्डारीको ३१ औं स्मृति दिवस पारेर

पाकिस्तानी दूतावासद्वारा नेपाली विद्यार्थीहरुलाई एम्बेसडर अफ पाकिस्तान छात्रवृत्ति प्रदान

काठमाडौं । नेपालस्थित पाकिस्तानी राजदूतावासले नेपालका विभिन्न सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत

फ्राइडे रिलिज : आजबाट चलचित्र ‘बोक्सीको घर’ प्रदर्शन

काठमाडौं । नेपाली कथानक चलचित्र ‘बोक्सीको घर’ आजबाट प्रदर्शन भएको