२९ मंसिर २०८२, सोमबार | December 15, 2025

ओलीको नजरमा प्रचण्ड र माधव – केशरजंग रायमाझी भन्दा पनि खत्तम



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई जना पूर्व सहयोद्धाहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललाई डा. केशरजंग रायमाझीसँग तुलना गरेका छन् ।

रायमाझीले जसरी नेकपा हुँदा दाहाल र प्रचण्डले पार्टी संगठन कब्जा गर्न खोजेको टिप्पणी गरे । उनले पार्टी कब्जा गर्ने परम्परा रायमाझीले थालनी गरेको समेत बताए।

‘प्रचण्ड र माधव नेपालहरूले एकीकरणका नाममा जुन एकता गर्दाखेरी बनाएको संगठन थियो, त्यसलाई दुरुपयोग गरेर पार्टी कब्ज गर्न खोजियो । त्यसरी नै डा। केशरजंग रायमाझीले पार्टी कब्जा गरेका थिए’, अध्यक्ष ओलीले मनमोहन अधिकारी स्मृति दिवसमा मंगलबार भने ।

पुष्पलाल श्रेष्ठ संस्थापक महासचिव रहेको नेकपाको दोस्रो महाधिवेशनपछि मनमोहन अधिकारी महासचिव भएका थिए । तर, उनी चीन जाँदा डा। रायमाझीले यता नेपालमा पार्टी कब्जा गरेका थिए ।

सोही प्रसङ्ग जोड्दै ओलीले प्रचण्ड र माधवले पनि नेकपा हुँदा त्यसै गर्न खोजेको आरोप लगाएका हुन् ।

यस्तै, ओलीले कम्युनिस्ट आन्दोलनमा राम्रा नेताहरूविरुद्ध घेराबन्दी भएको भन्दै न्यायको पक्षमा उभिन नेता कार्यकर्ताहरूलाई आग्रह गरे । उनले भने– ‘न्यायको पक्षमा एमालेका कार्यकर्ताहरू जिउँदो मान्छे भएर उभिनुपर्छ ।’

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  १२ : ०५ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले