९ चैत्र २०८२, सोमबार | March 23, 2026

ओलीको नजरमा प्रचण्ड र माधव – केशरजंग रायमाझी भन्दा पनि खत्तम



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई जना पूर्व सहयोद्धाहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललाई डा. केशरजंग रायमाझीसँग तुलना गरेका छन् ।

रायमाझीले जसरी नेकपा हुँदा दाहाल र प्रचण्डले पार्टी संगठन कब्जा गर्न खोजेको टिप्पणी गरे । उनले पार्टी कब्जा गर्ने परम्परा रायमाझीले थालनी गरेको समेत बताए।

‘प्रचण्ड र माधव नेपालहरूले एकीकरणका नाममा जुन एकता गर्दाखेरी बनाएको संगठन थियो, त्यसलाई दुरुपयोग गरेर पार्टी कब्ज गर्न खोजियो । त्यसरी नै डा। केशरजंग रायमाझीले पार्टी कब्जा गरेका थिए’, अध्यक्ष ओलीले मनमोहन अधिकारी स्मृति दिवसमा मंगलबार भने ।

पुष्पलाल श्रेष्ठ संस्थापक महासचिव रहेको नेकपाको दोस्रो महाधिवेशनपछि मनमोहन अधिकारी महासचिव भएका थिए । तर, उनी चीन जाँदा डा। रायमाझीले यता नेपालमा पार्टी कब्जा गरेका थिए ।

सोही प्रसङ्ग जोड्दै ओलीले प्रचण्ड र माधवले पनि नेकपा हुँदा त्यसै गर्न खोजेको आरोप लगाएका हुन् ।

यस्तै, ओलीले कम्युनिस्ट आन्दोलनमा राम्रा नेताहरूविरुद्ध घेराबन्दी भएको भन्दै न्यायको पक्षमा उभिन नेता कार्यकर्ताहरूलाई आग्रह गरे । उनले भने– ‘न्यायको पक्षमा एमालेका कार्यकर्ताहरू जिउँदो मान्छे भएर उभिनुपर्छ ।’

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  १२ : ०५ बजे

कोशी अस्पतालमा ‘ब्लड बैंक’ स्थापनाको तयारी

विराटनगर । कोशी अस्पतालले आफ्नै ‘ब्लड बैंक’ स्थापना गर्ने भएको

लुम्बिनीमा विश्व शान्ति मन्दिर निर्माण

भैरहवा । बुद्ध जन्मस्थल लुम्बिनीमा विश्व शान्ति, सहअस्तित्व र करुणाको

बेमौसमी वर्षाबाट इँटा उद्योग प्रभावित

महोत्तरी। बेमौसमी वर्षाका कारण महोत्तरीको इँटा उद्योगहरुमा रु ६ करोड

सडक फराकिलो बनाउन आफ्ना घरटहरा भत्काउन दरवाङवासी आफै अग्रसर

म्याग्दी । मालिका गाउँपालिका–६ दरवाङका बासिन्दाले सडक विस्तार गर्न स्वस्फूर्त

समुदायको विकासमा साझेदारी गर्दै सामुदायिक वन

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका–२ मदुईस्थित अशोक सामुदायिक वन