२८ असार २०८३, आइतबार | July 12, 2026

केपी ओलीको आरोप – ‘रास्वपा चुनाव भाँड्ने दिशामा लाग्यो’



काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चुनावी प्रक्रिया प्रभावित पार्ने प्रयासमा लागेको आरोप लगाएका छन्।

आफ्नो निर्वाचन क्षेत्र झापा–५ जाने क्रममा आज भद्रपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले रास्वपाले आफू अनुकूल नतिजा नआउने देखेपछि चुनाव भाँड्न खोजेको दाबी गरे। उनका अनुसार चुनाव जित्ने सम्भावना कमजोर देखिएपछि रास्वपा विभिन्न हत्कण्डा अपनाउँदै उत्तेजनात्मक गतिविधितर्फ उन्मुख भएको छ।

ओलीले रास्वपा आफ्नो पक्षमा परिणाम आउने देखे चुनाव लड्ने तर प्रतिकूल देखिए चुनाव हुनै नदिन खोज्ने प्रवृत्तिमा देखिएको आरोप लगाए। पछिल्ला केही दिनका घटनाक्रमहरूले पनि उक्त पार्टी चुनाव बिथोल्ने दिशामा केन्द्रित भएको संकेत गरेको उनको भनाइ थियो।

निर्वाचन प्रक्रिया स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण हुनुपर्नेमा जोड दिँदै ओलीले भने, “निर्वाचन बलजफती गर्ने विषय होइन। नियम–कानुनभित्र रहेर स्वच्छ र स्वस्थ प्रतिस्पर्धा हुनुपर्छ। मतदाताले निर्भय वातावरणमा कुनै दुविधाविना आफ्नो मत हाल्न पाउनुपर्छ। मतदानपूर्वदेखि मतगणना र परिणाम घोषणासम्म सम्पूर्ण प्रक्रिया पारदर्शी र धाँधलीरहित हुन आवश्यक छ।”

उनले विभिन्न पक्षबाट चुनावअगाडि नै द्वन्द्वका कारण समाधान गर्नुपर्ने आवाज उठिरहेको उल्लेख गर्दै उनले त्यसलाई ख्याल गरिनुपर्ने धारणा राखे ।

प्रकाशित मिति : ९ फाल्गुन २०८२, शनिबार  १ : ०७ बजे

नर्वेलाई पराजित गर्दै इंग्ल्यान्ड विश्वकप फुटबलको सेमिफाइनलमा

काठमाडौं । जुड बेलिंघमको उत्कृष्ट प्रदर्शनमा इंग्ल्यान्ड नर्वेलाई २-१ ले

कर्णालीमा खसेको गाडीका बेपत्ता चारमध्ये तीन जनाको शव भेटियो

कर्णाली । यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको सवारीसाधन

बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको मृत्यु

काठमाडौँ । बुद्धनगरका ४५ वर्षीय अश्विन रावतको जलबाट मृत्यु भएको

खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

नेपालगन्ज । नेपालगन्जका खेलाडी तथा खेलकर्मीहरुले खेलकुदले समाजलाई जोड्नुका साथै

बझाङ जीप दुर्घटनामा तीन जनाको मृत्यु, सात जना गम्भीर घाइते

महेन्द्रनगर । बझाङमा आज अपराह्न भएको जीप दुर्घटनामा तीन जनाको