२ चैत्र २०८२, सोमबार | March 16, 2026

तनहुँमा कांग्रेस नेताको सामूहिक राजीनामा



तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहजिल्लामा कांग्रेस नेताहरूले धमाधम राजीनामा दिन थालेका छन् । टिकट वितरणमा असन्तुष्ट बनेका आकांक्षीहरूले राजीनामासँगै बागी उम्मेद्वार दिएका छन् । एकातिर नेपाली कांग्रेसबाट साधरण सदस्यसमेत नरहने गरेर कारबाहीमा परेका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी समूहको नेकपा एमालेसँग तालमेल अर्कोतिर टिकट वितरणमा असन्तुष्टले धमाधम राजीनामा दिन थालेसँगै कांग्रेस चेपुवामा परेको छ ।

दमौलीमा मंगलबार पत्रकार सम्मेलन गर्दै व्यास नगरपालिकाको मेयरका आकांक्षी भए पनि टिकट नपाएका कांग्रेस तनहुँ जिल्ला कार्यसमितिका पूर्व सचिव विश्व बास्तोलासहित सात जना नेताले राजीनामा दिएका छन् ।

शुक्लागण्डकी नगरपालिकाको मेयरका आकांक्षी महेश्वर भट्टराईले पनि राजीनामा दिएका छन् । उनी महासमिति सदस्य पनि हुन् । उनले सोमबार शुक्लागण्डकीको मेयरमा बागी उम्मेद्वारीसमेत दिएका छन् ।

शुक्लागण्डकीका कांग्रेस नेता दिपेन्द्र पौडेल, ऋषिराम महतसहित व्यासका चुणमणि दाहाल, दीर्घा थापा र बाबुराम बगालेले पनि मंगलबार दमौलीमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिए । पौडेलले शुक्लागण्डकी नगरपालिका–३ को वडाध्यक्षमा, महतले वडा नम्बर ८ को वडाध्यक्षमा, दाहालले व्यास नगरपालिकाको वडा नम्बर १ को वडाध्यक्षमा र थापाले वडा नम्बर २ को वडाध्यक्षमा बागी उम्मेद्वारी दर्ता गराएका छन् ।

व्यासको मेयरमा पुराना कांग्रेसी नेता नेता बृषराज श्रेष्ठको पनि बागी उम्मेद्वारी परेको छ । बन्दीपुर गाउँपालिकाको अध्यक्षमा पनि कांग्रेस नेता मानकाजी श्रेष्ठले बागी उम्मेद्वारी दिएका छन् । तनहुँमा कांग्रेसका कार्यकर्ताहरुले पैसामा टिकट वितरणको आरोप लगाएका छन् ।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  ५ : ०० बजे

बाजुराको उच्च भेगमा वर्षात्संगै हिमपात हुँदा किसान खुसी

बाजुरा । यहाँस्थित उच्च लेकाली भेगमा गएरातिदेखि वर्षासँगै हिमपात भएको

अनुमति लिएर मात्र शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्न प्रशासनको निर्देशन

चितवन । यहाँस्थित जिल्ला प्रशासन कार्यालयले अनुमति नलिइ सञ्चालनमा ल्याइएका

प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

म्याग्दी । कपिलवस्तुको बाणगंगा नगरपालिका-४ का रामलाल चालिसे प्राकृतिक उपचारका

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा ल्याउन माग

भैरहवा । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थललाई तत्काल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन

‘डेडिकेटेड’ र ‘ट्रंकलाइन’ महसुल विवाद : उद्योगीको मागदाबी नपुग्ने आयोगको निर्णय

काठमाडौं । विद्युत् नियमन आयोगले डेडिकेटेड र ट्रंक लाइन महसुल